टि-२० बिश्व कप छनौट खेल्ने टिमको घोषणा, सोनु र रितुको कम्ब्याक

२०७४ कार्तिक १६, बिहीबार ००:००

  • विकेटनेपाल, १६ कार्तिक

थाईल्याण्डमा नोभेम्बर २० देखि २७ सम्म आयोजना हुने एसिया महिला टि-२० बिश्वकप छनौट प्रतियोगिता खेल्ने नेपाली टिमको अन्तिम छनौट गरिएको छ।

बन्द सत्रमा बोलाइएको ४४ जनाबाट गत साता २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको थियो जसबाट १४ जना सदस्यीय अन्तिम टिमको घोषणा गरिएको हो। महिला रास्ट्रिय टिम प्रशिक्षक सामसन जंग थापा, कप्तान रुबिना क्षेत्री र आईसीसी प्रतिनिधि अमिनुल इस्लामको छनौट समितिले छनौट गरेको टिममा रोमा थापा र लक्ष्मी चौधरी जस्ता नयाँ नामले स्थान बनाएका छन्।

सन् २०१० मा अन्तिम पटक चिनमा भएको एसियन गेम्स खेल्दा नेपाली टिमको सदस्य रहेकी अलराउण्डर रितु कनौजिया ३५ बर्षिय रितु कनौजियाले १४ सदस्यीय टिममा पुनरागमन गरेकी छिन्। उनि घरेलु क्रिकेटमा एपीएफको लागि खेल्ने गर्छिन्। यस्तै ३ बर्ष अघि सन् २०१४ मा  कोरियामा सम्पन्न एसियन गेम्स अन्तिम पटक टिममा स्थान बनाएकी देब्रे हाते तिब्र गति बलर सोनु खड्काले पनि टिममा स्थान बनाउन सफल भएकी छिन्।

रितु कनौजियाले १४ सदस्यीय टिममा पुनरागमन गरेकी छिन्

टिममा दाङकि लक्ष्मी चौधरी र झापाकि रोमा थापा जस्ता नयाँ नामले मौका पाएका छन्।

रुबिना क्षेत्रीको कप्तानी र सिता राना मगरको उपकप्तानी रहने टिममा सरिता मगर, नेरी थापा, इन्दु बर्मा, करुणा भण्डारी जस्ता अनुभबी खेलाडीहरु रहेका छन् ।

नेपाली टिम :- 

रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, ऋतु कनौजिया, संगीता राई, काजल श्रेष्ठ, सबनम राई

वैकल्पिक :- कविता कुँवर, नितु भण्डारी, रेखा रावल

देब्रे हाते तिब्र गति बलर सोनु खड्का ३ बर्ष पछि नेपाली टिममा

नेपाल सहित आयोजक थाईल्याण्ड, हंगकंग, चिन र युएईले प्रतिस्पर्धा गर्ने प्रतियोगिता राउण्डरोबिन फर्म्याटमा खेलाईनेछ । प्रतियोगिताको बिजेता टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि-२० बिश्वकप छनौट खेल्न पाउनेछ ।

नेपाली महिला टिमले अन्तिम पटक १ बर्ष अघि हंगकंगमा सम्पन्न महिला बिस्व कप छनौट ( एसिया ) प्रतियोगितामा दोश्रो स्थान हात पारेपछि बिश्वकप छनौट प्रतियोगितामा छनौट हुन असफल भएको थियो । त्यसलगत्तै थाईल्याण्डमा सम्पन्न एसीसी टि-२० मा पनि नेपाल जित बिहिन हुँदा अत्यन्त खराब प्रदर्शन गरेको थियो ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy