नेपाल अंक बाड्न बाध्य

  • विकेटनेपाल, मङ्सिर ४  

आईसीसी टि-२० बिश्वकप छनौट ( एसिया ) प्रतियोगिता अन्तर्गत थाईल्याण्डसंगको पहिलो खेल वर्षाले प्रभावित भएपछि दुवै टिमले १-१ अंक बाँडेका छन्।

स्कोरकार्ड  , अंकतालिका  , खेल तालिका

थाईल्याण्डले पहिले ब्याटिंग गर्दै दिएको ९१ रनको लक्ष पछ्याउने क्रममा नेपालले विकेट नगुमाई ३.४ ओभरमा १० रन बनाएर ब्याटिंग गर्दा पानि पारेपछि खेल पुनः सुचारु हुन सकेन। ओपनर ज्योति पाण्डे ४ तथा सरिता मगर ५ रन बनाएर ब्याटिंग गर्दै थिए।

टि-२० क्रिकेटमा डी/एल मेथडको आधारमा नतिजा आउन कम्तिमा ५ ओभरको खेल खेलिएको हुनुपर्छ । नेपालले ८ बल मात्रै अरु खेलेको भए डी/एल मेथडको आधारमा जित हाँसिल गर्ने सम्भावना थियो।

नेपालले प्रतियोगिता अन्तर्गत दोश्रो खेल हंगकंगसंग मंगलबार खेल्ने कार्यक्रम रहेको छ।

थाईल्याण्डको टेर्द थाई मैदानमा टस जितेर नेपालले आयोजक थाईल्याण्डलाई पहिले ब्याटिंगको निम्तो दिएको थियो। पुरै २० ओभरमा थाईल्याण्डले ६ विकेट गुमाई ९० रन मात्रै बनाउन सक्यो। उसको लागि नरुईमोल चाइवाईले सर्बाधिक  अविजित २३ रन प्रहार गरिन भने ओपनर नाट्टकन चनतमले  १८ रन बनाएर योगदान दिईन्। टिप्पोचले १५ तथा सुत्थीरुआंगले अविजित १३ रन बनाएका थिए ।

नेपालको लागि सरिता मगरले सर्बाधिक २ विकेट हात पारिन् भने रुबिना क्षेत्री र करुणा भण्डारीले १/१ विकेट हात पारिन्।

सरिता मगर © ZapStudio Hk

नेपाल सहित आयोजक थाइल्याण्ड, हंगकंग, युएई र मलेसिया प्रतियोगितामा  सहभागी छन्। प्रतियोगिताको बिजेता टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि-२० बिश्वकप छनौट खेल्न पाउनेछ।

स्कोरकार्ड  , अंकतालिका  , खेल तालिका

( फिचर फोटो – फाइल © ZapStudio Hk)

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy