नेपाल-युएई सिरिजले पायो प्रायोजक , यस्तो छ पुरस्कार राशि

Lalit Rajbanshi

नेपालले यहि जनवरी २५ तारिख देखि फेब्रुअरी ३ तारिखसम्म संयुक्त अरब इमिरेट्सको भ्रमण गर्दैछ। उक्त भ्रमणमा ३ एकदिवसीय र ३ टि२० अन्तर्राष्ट्रिय खेलहरु हुनेछन्।

यी दुई प्रतिद्वन्द्वीबीच हुने सिरिजको नामाकरण समेत गरिएको छ। युएई र नेपालबीच हुने सिरिजलाई एएनआईबी च्यालेन्ज सिरिज २०१९ नामले खेलिने छ।

संयुक्त अरब इमिरेट्स क्रिकेट बोर्डको आधिकारिक बिमा पार्टनर एएनआईबीले सिरिजलाई प्रायोजन गरेको हो।

सिरिज विजेता राशि घोषणा 

यस्तै आयोजक क्रिकेट बोर्डले सिरिज बिजेताले उपाधी स्वरूप पुरस्कार राशि पाउने समेत जनाएको छ। उसले सामाजिक संजालमा ३ एकदिवसीय र त्यतिनै टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्ने टिमले १० हजार दिराम प्राप्त गर्ने घोषणा गरेको छ। आजको दिनमा हिसाब गर्दा उक्त रकम ३ लाख १० हजार रुपैयाँ भन्दा बढी हुन आउँछ।


युएई सिरिजको तालिका 

युएई सिरिज अन्तर्गत नेपालले जनवरी २५ तारिकमा पहिलो, जनवरी २६ मा दोश्रो तथा जनवरी २८ तारिकमा तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ। एकदिवसीय खेलहरु पछि जनवरी ३१ तारिकमा पहिलो टि-२० अन्तर्राष्ट्रिय तथा फेब्रुअरी १ मा दोश्रो र फेब्रुअरी ३ मा तेश्रो टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। सबै खेलहरु आइसीसी एकेडेमी ओभल मैदान, दुबईमा खेलिनेछ।

जनवरी २५ – पहिलो एकदिवसीय , जनवरी २६ – दोश्रो एकदिवसीय , जनवरी २८ – तेश्रो एकदिवसीय
जनवरी ३१ – पहिलो टि-२० , फेब्रुअरी १ – दोश्रो टि-२० , फेब्रुअरी ३ – तेश्रो टि-२०

१६ सदस्यीय टिम: पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोहरा

बैकल्पिक खेलाडी: ललित भण्डारी, सुशन भारी, बिक्रम सोब





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]