नेपालको दोश्रो हार

Sandeep Lamichhane, Avinash Karn

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताको मंगलबार भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ ।

बङ्गलादेशको शेख कमल स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले नेपालसामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल ४२ दमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनमा समेटियो । लगातारको दोस्रो हारसँगै नेपाल छनोट चरणबाटै बाहिरिएको छ ।

नेपालका दीपेन्द्रसिंह ऐरिले अर्धसतक बनाए । ८५ बल खेलेका उनले ६ चौकाको मद्दतले ५६ रन जोडे । त्यसैगरी दिलीप नाथ एक छक्का र चार चौका प्रहर गर्दै ४१, विनोद भण्डारीले एक छक्का र छ चौकासहित ३३, अशिफ शेख १२ र मेहबुब आलमले १० रन बनाए । बलिङतर्फ बङ्गलादेशका रहतुल फेडरसले चार, मोहम्मद सैफुदिनले तीन र अबुल हसनले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशको २३ वर्षमुनिको टालीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो ।

बङ्गलादेशका लागि नासिर हुसैनले सतक हाने । उनले अविजित रहँदै ११५ बलमा १०९ रन बनाए । यसमा दुई छक्का र १२ चौका सामेल थियो । कप्तान मोमिनुल हकले ७८ बलमा सात चौकाको मद्दतमा ६१ रन तथा अबुल हसनले २९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि अविनाश कर्णले तीन विकेट लिए । उनले आठ ओभर बलिङ गर्दै एक मेडन राखी ४६ रन खर्चेका थिए । यस्तै सन्दिप लामिछानेले १० ओभरमा ४१ रन दिँदै दुई विकेट लिए । मेहबुब आलम, कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट बाँडे ।

एसियाली क्रिकेट परिषद् ९एसिसी०को आयोजनामा भइरहेको उक्त प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बङ्गलादेश र श्रीलङ्काका २३ वर्षमुनिका खेलाडीको सहभागिता रहेको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]