पाँचौं खेलमा नेपाल चिनसंग खेल्दै ( सम्पूर्ण जानकारी )

Nepal vs China
  • विकेटनेपाल-२३ असोज

आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पाँचौं खेलमा चिनको सामना गर्दैछ।

यसअघि आफुले खेलेका चार खेलमा नेपालले म्यान्मार, मलेसिया, भुटान र थाइल्याण्डलाई हराउंदै ४ जित दर्ता गरेको छ। ८ अंक र ७.२५ को उत्कृस्ट रन रेट सहित नेपाल अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। नेपाल र सिंगापुर २ खेल खेल्न बाँकी रहदै टि-२० बिश्वकप एसिया छनौट खेल्न छनौट भइसकेको छ।

प्रतियोगितामा सबैभन्दा कमजोर सबित बनेको टोलि चिनले ४ खेल खेल्दा ४ वटै खेलमा हारको सामना गरेको छ। अंकबिहिन चिन अंकतालिकामा सबैभन्दा पुछारमा रहेको छ। चिनलाई थाइल्याण्डले १० विकेटले, भुटानले ९ विकेटले, सिंगापुरले १० विकेटले तथा म्यान्मारले ८ विकेटले पराजित गरेको छ। नेपालसंगको खेलमा चिनको उद्देश्य जित भन्दा सम्मानजनक खेल प्रदर्शन गर्नुहुनेछ।

खेल हुने मिति र समय :- अक्टोबर १० , ७:४५ बजे ( बिहान ) , मलेसिया समय – १०:०० बजे बिहान
मैदान – बायुमास ओभल मैदान

चिनसंग इतिहास :

चिन र नेपाल बिच यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा भेट भएको छैन। महिला क्रिकेटमा नेपाल र चिन बीच भने खेल भएका छन्। सन् २०१७ मा  थाईल्याण्डमा सम्पन्न महिला टि-२० बिश्व कप क्रिकेट एसियाली छनोट प्रतियोगितामा नेपाली बलर सबनम राईले चिन बिरुद्ध ह्याट्रिक लिएकी थिइन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]