एसिया कप छनौटमा नेपाल ओमानसंग भिड्दै, यस्तो छ अन्तिम ६ खेलको नतिजा

Nepal vs Oman
  • विकेटनेपाल – १२ भदौ, मंगलवार

अगष्ट २९ बाट सुरुहुने एसिया कप छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल ओमान बिरुद्ध खेल्दै छ। प्रतियोगिताको बिजेता राष्ट्रलेमात्र युएईमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागी हुन पाउने भएकाले सबै टोलीलाई सबै खेल जित्नु उतिनै महत्वपूर्ण रहेको छ।

ओमान नेपालका लागि चिर-परिचित बिपक्षिहो। पछिल्लो केहि बर्षमा आइसीसीले आयोजना गर्ने  बिभिन्न प्रतियोगितामा नेपाल र ओमान भिड्दै आएका छन्। यस्तो छ नेपाल र ओमान बिचको अन्तिम ६ खेलहरुको नतिजा :

१) विश्व क्रिकेट लिग डिभिजन २, २०१८ (नामिबिया)

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले खराब प्रदर्शन गर्दै ४६ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाएको थियो। नेपालका लागि शरद भेसावकरले सर्बाधिक २२ रन बनाएका थिए। नेपाललाई सस्तैमा समेट्नेक्रममा ओमानका खालीमुल्लाहले १० ओभरमा १ मेडनसहित २८ रन खर्चेर ४ विकेट लिएका थिए। त्यस्तै बिलाल खानले २ विकेट लिन १३ रन खर्चेका थिए।

जवाफमा १३९ रनको झिनो लक्ष्य पछ्याएको ओमानले ३५.१ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो। उसका लागि आकिब इल्यासले ४६ रन बनाउन ५३ बलको सामना गरे भने भीएस वाटेगोनकरले अविजित ३७ रनको पारि खेलेका थिए। नेपालका सन्दिप लामिछानेले १० ओभरमा २९ रन खर्चेर २ विकेट लिएका थिए।

२) ओमानको युएई भ्रमण २०१५ (युएई) 

सन् २०१५ मा ओमानले युएई भ्रमणका क्रममा नेपालसंग समेत खेल खेलेको थियो। सो खेलमा टस हारेर ब्याटिंग गर्दै नेपालले दिएको १८५ रनको लक्ष्य ओमानले ४८.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले उत्कृस्ट ब्याटिंग गर्दै ७१ रन तथा कप्तान पारस खडकाले ४९ रन जोडेपनि नेपालका अन्य ब्याट्सम्यानहरुले सम्झन लायक प्रदर्शन गर्न सकेका थिएनन्। ४९.३ ओभरमा नेपाललाई समेट्न ओमानका बिलाल खानले सर्वाधिक ४ विकेट लिएका थिए। यस्तै खवर अलिको नाममा ३ विकेट रहेको थियो।

Gyanendra Malla – File Photo

जवाफमा १८५ रनको सामान्य लक्ष्य ओमानले ४८.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। उसको जितमा जिसन मक्सूदले ५२ बलको सामना गर्दै ५२ रननै बनाए भने जतिन्द्र सिंहले ४१ रनको योगदान गरे। नेपालको बलिंग तर्फ शक्ति गौचनले ३ विकेट लिन १० ओभरमा १९ खर्चिएका थिए भने मेहबुब आलमले २ विकेट लिन ८ ओभरमा २९ रन खर्चिएका थिए।

३) एसीसी प्रिमियर लिग २०१४ (मलेसिया)

सन् २०१४ मा मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर लिगको ९ औं खेलमा नेपाललाई ओमानले २ विकेटको हार चखाएको थियो। क्वालालम्पुरमा सम्पन्न खेलमा टस जितेर बलिंग गरेको ओमानले नेपाललाई ४५ ओभरमा १५७ रनको योगफलमा रोकेको थियो। नेपालको ब्याटिंग तर्फ ज्ञानेन्द्र मल्लले व्यक्तिगत २६ तथा नरेश बुढाएरले २३ रन जोड्न बाहेक अन्यको प्रदर्शन खास रहन सकेन। ओमानको बलिंगमा म्यान अफ द समेत चुनिएका आमिर कलिमले ४ विकेट लिएका थिए।

जवाफमा १५८ रनको लक्ष्य ओमानले ४७.५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। उसलाई जिताउन जिसन मक्सुदले ४४ रन तथा अरिफ हुसेनले २३ रनको इनिंग खेलेका थिए। नेपालको बलिंगमा सोमपाल कामी, शक्ति गौचन र पारस खड्काले सामना २-२ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त हुन सकेको थिएन।

४) विश्व क्रिकेट लिग डिभिजन ३, २०१३ (न्युजील्याण्ड) 

सन् २०१३ मा न्युजील्याण्डमा समपन्न विश्व क्रिकेट लिग डिभिजन ३ को खेलमा नेपालले ओमानमाथि २८ रनको जित निकालेको थियो। टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १६० रन जोडेको थियो। नेपालको इनिंगमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ३४ तथा बिनोद भण्डारीले ३२ रनको इनिंग खेलेका थिए। ओमानको बलिंगमा मुनिस अन्सारीले सर्वाधिक ३ विकेट लिएका थिए।

Basanta Regmi – File Photo

जवाफमा १६१ रनको पिछा गर्ने क्रममा ओमान ४६.४ ओभरमा १३२ रनमा समेटिन पुग्यो। उसको चेजमा वैभव वाटेगओंकरले सर्वाधिक २७ रन जोडेका थिए। नेपालको बलिंग तर्फ सन्जम रेग्मी र बसन्त रेग्मीले समान २-२ विकेट लिएका थिए। यस्तै पारस खड्का, पृथु बाँस्कोटा र शक्ति गौचनको नाममा समान १-१ विकेट रह्यो।

५) एसीसी क्रिकेट ट्रफी इलाइट, २०१० (कुवेत)

सन् २०१० मा कुवेतमा संचालित यस प्रतियोगितामा पारस खड्काले उत्कृस्ट प्रदर्शन गरेपछि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। टस जितेर ब्याटिंगको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १६९ रन जोडेको थियो। उसका लागि वैभव वाटेगओंकरले सर्वाधिक ५६ तथा अमिर अलि २४ रनको योगदान गरेका थिए। नेपालको बलिंग तर्फ राहुल विश्वकर्माले सर्वाधिक ३ तथा शक्ति गौचनले २ विकेट हात पारेका थिए।

जवाफमा १७० रनको लक्ष्य नेपालले ३८.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा अनिल मण्डलले सर्वाधिक ३९, महेश क्षेत्रिले ३५ तथा पारस खड्काले २९ रनको योगदान गरेका थिए।

६) एसीसी ट्रफी, २००२ (सिंगापुर)

सन् २००२ मा सिंगापुरमा संचालित एसियन क्रिकेट काउन्सिल (एसीसी) ट्रफीमा नेपालले ओमानलाई १०५ रनले पराजित गरेको थियो। टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १५३ रन जोडेको थियो। नेपालको ब्याटिंग तर्फ शक्ति गौचनले सर्वाधिक ३७ रन जोडेका थिए।  यस्तै पारस लुनियाले २८ रनको व्यक्तिगत योगदान गरेका थिए।

जवाफमा १५४ रनको पिछा गरेको ओमान ३५.३ ओभरमा मात्र ४८ रनमा समेटिएको थियो। ओमानलाई सस्तैमा समेट्न मेहबुब आलम, शक्ति गौचन र सन्जम रेग्मीले समान ३-३ विकेट लिएका थिए। यस्तै राजु खड्काले समेत १ विकेट हात पारेका थिए।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]