नेपाल Vs युएई आमने-सामने : पछिल्लो ७ खेलमा यस्तो छ नतिजा

Nepal vs UAE
  • विकेटनेपाल, माघ-९ , बुधबार 

गत वर्ष मार्चमा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपाली क्रिकेट टिमले मान्यता पाएको १ वर्ष पुग्ने लाग्दा दोश्रो पटक एकदिवसीय सिरिज खेल्दै छ। युएईसंग जनवरी २५ देखि सुरु हुने ३ वटा एकदिवसीय र ३ टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली क्रिकेट टिम युएई पुगीसकेको छ। नेपाली क्रिकेट टिम एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पछि अधिकारिक रुपमा आईसीसी वरियताको नजिक पुग्दै गर्दा नेपाली क्रिकेट टिमको प्रदर्शन कस्तो रहला भन्नेमा सबैको ध्यान रहेको छ।

सिरिज सुरु हुनु अघि नेपाल र युएईले इतिहासमा खेलेका एकदिवसीय खेलहरुमा कस्तो नतिजा हाँसिल गरेको थियो जान्नु पनि रोचक हुनेछ। त्यसैले नेपाल र युएई बीच खेलिऎका पछिल्लो ७ एकदिवसीयमा दुई टिम बीच कस्तो प्रतिस्पर्धा भएको थियो प्रस्तुत गरेका छौँ –

आईसीसी बिश्वकप छनौट – २०१४ जनवरी १३ 

टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको युएईले ५० ओभरमा २९७ रन बनाएको थियो। शैमन अनवरले १०९ तथा स्वप्निल पाटिलले ७४ रन बनाएका थिए। बसन्त रेग्मीले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिएका थिए। २९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४८.१ ओभरमा १९५ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। शरद भेसावकरले ५४ तथा बिनोद भण्डारी र शक्ति गौचनले समान ३७ रन बनाए। युएई बलर कमरान शहजादले ३ विकेट तथा खुर्रम खान, अमजद जाबेद र गुरुगेले समान २/२ विकेट लिए।

एसीसी प्रिमियर लिग – २०१४ मे १

मेहबुब आलमले २१ रन खर्चिदै तथा सोमपाल कामीले ३९ रन खर्चिदै समान ३/३ विकेट लिएपछि पहिले ब्याटिंग गरेको युएईले स्वप्निल पाटिलको ७६ रन (९५ बल, ८ चौका, २ छक्का) को बाबजुत ४८.१ ओभरमा सबै विकेट गुमाउंदै १९१ रन बनाएको थियो । जवाफमा सुबास खकुरेलले ७१ रन (९१ बल, ११ चौका) तथा ज्ञानेन्द्र मल्लले ४७ रन (३७ बल, ७ चौका, १ छक्का) बनाएपछि नेपालले ३९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप – २०१७ डिसेम्बर ६

रोहन मुस्ताफाले ६२ रन (७१ बल, ७ चौका, १ छक्का) तथा गुलाम शब्बिरले अविजित ८१ रन (११६ बल, ८ चौका) बनाएपछि नेपालले दिएको २२२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो। पहिले ब्याटिंग गरेको नेपालले शरद भेसावकरको अविजित ८१ रन (९५ बल, ५ चौका) तथा ज्ञानेन्द्र मल्लको ५४ रन (८३ बल, ६ चौका) को मद्दतमा ५० ओभरमा ६ विकेट गुमाएर २२१ रनको योगफल तयार पारेको थियो।

विश्व क्रिकेट लिग च्याम्पियनसिप – २०१७ डिसेम्बर ८

युएईको घरेलु मैदानमा भएको खेलमा अमजद जावेदले ३ विकेट लिन मात्र २३ रन खर्चेपछी १९६ रनको लक्ष्य पछ्याएको नेपाल ४२.२ ओभरमा मात्र १३२ रनमा समेटिदै ६३ रनले पराजित भएको थियो। अदनान मुफ्तीले ८९ बलमा १०४ रन (८ चौका, ३ छक्का) को पारि खेल्दै युएईको इनिंग उकासेका थिए। सोमपाल कामिले मात्र २७ रन खर्चेर ५ विकेट हात पारेपछि पहिले ब्याटिंग गरेको घरेलु टोलिले ४९.२ ओभरमा १९५ रन बनाउदा सबै विकेट गुमाएको थियो।

Nepal Vs UAE

विश्व क्रिकेट लिग डिभिजन-२ – २०१८ फेब्रुअरी ११

सोमपाल कामिले ४ विकेट र सन्दिप लामिछानेले ३ विकेट लिन मात्र समान ३० रन खर्चेपछी नेपालले युएईलाई ३१ ओभरमा ११४ रनमा रोकेको थियो। उसका लागि शैमन अनवरले सर्बाधिक ३० रन बनाएका थिए । जवाफमा पारस खड्काले ५१ रनको आक्रामक पारि खेलेपछि नेपालले २८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

विश्व क्रिकेट लिग डिभिजन-२ फाइनल – २०१८ फेब्रुअरी १५

कप्तान पारस खड्काले अविजित ११२ रन (१०३ बल, ३ चौका, ८ छक्का), दिपेन्द्र सिंह ऐरीले ३५ तथा शरद भेसावकरले ३० रन प्रहार गरेपनि २७८ रनको लक्ष्य पछ्याएको नेपाल मात्र ७ रनले चुकेको थियो। युएईका लागि अश्फक अहमदले ११४ रन (१२३ बल, १० चौका, ३ छक्का) बनाउदा रोहन मुस्ताफाले ५१ रन तथा शैमन अनवरले २४ बलमा विस्फोटक ४० रन बनाएका थिए । युएईको जितमा अमिर हयातले ४ विकेट लिन मात्र ५३ रन खर्चेका थिए।

एसिया कप छनौट  – २०१८ अगस्ट ३० ( एकदिवसीय अन्तर्राष्ट्रिय )

टस जितेर नेपालले युएईलाई ब्याटिंग गर्ने निम्तो दिएपछि युएईले ५० ओभरमा ९ विकेट गुमाएर २५४ रनको योगफल तयार गरेको थियो। ओपनर चिराग सुरीले ६५, अदनान मुफ्तीले अविजित ५७ तथा अश्फाक एहमदले ४५ रन बनाएका थिए। सन्दिप लामिछानेले ४ विकेट ( १०-२-२४-४ ) तथा सोमपाल कामि र बसन्त रेग्मीले २/२ विकेट लिएका थिए। २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४८.५ ओभरमा १७६ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। ओपनर सुबास खकुरेलले ५० , दिपेन्द्र ऐरिले ४० तथा सोमपाल कामिले अविजित २७ रन बनाएका थिए। युएई बलर एहमद राजाले ४ विकेट ( १०-१-३७-४ ) तथा मोहम्मद नबिदले ३ विकेट ( १०-०-४८-३ ) लिएका थिए।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]