नेपालको जितमा रोहितको शतक र सोमपालको पाँच विकेट

काठमाडौँ । अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो तथा अन्तिम अभ्यास खेलमा जित निकालेको छ। स्कोरकार्ड 

नेपालले अमेरिकी क्लब ह्युस्टन हरिकेन्सलाई नेपालले २९ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको नेपालले ४९ ओभर एक बलमा दुई सय ५० रन बनाएको थियो । यो खेलमा कप्तानी गरेका रोहित पौडेलले शतक प्रहार गरे। उनले ९० बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए।

यस्तै सुनिल धमलाले १३ रन बनाउँदा देव खनाल १९ रनमा पेभेलियन फर्किए। यस्तै दीपेन्द्रसिंह ऐरी २४ रनमा आउट हुँदा आरिफ शेखले ४१ रन बनाए। ​

बलिङमा मोहम्मद इलियासले पाँच विकेट लिए भने हरमित सिंहले दुई विकेट लिए।

२ सय ५१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्युस्टन हरिकेन्स ४३ ओभर तीन बलमा २ सय २१ रनमा अलआउट भयो। उसका निनाद निम्बाल्कर ९९ रन बनाए।

बलिङमा सोमपाल कामीले पाँच विकेट लिए भने सागर ढकालले दुई विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]