मोन्टरियल जित्दा नेपाली दर्शकको खल्लोपन

ग्लोबल टि-२० क्यानडा लिगको सोमबार बिहान सम्पन्न फाइनलमा मोन्टरियल टाइगर्सले सरे ज्यागुअर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जित्न जित्यो। लिगको फाइनलमा सरे या मोन्टरियलको उपाधि जित भन्दा नेपाली समर्थकहरु मध्यरातमा दुई नेपाली खेलाडीहरु सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको खेल हेर्न आतुर थिए। पहिलो पटक विदेशी लिग खेलीरहेका ऐरी र ग्लोबल टि-२० कै तेश्रो सिजन खेल्ने क्रममा सन्दीप लिगको अन्तिम खेल खेल्दै थिए। आफ्ना प्रिय खेलाडीको प्रदर्शन विश्वमंचमा हेर्न पाउँदा दंग नेपाली समर्थकहरुको लागि फाइनल खेलमा सिर्जित एक परिस्थितिले भने असहज बनायो।

खेल जित्न मोन्टरियल टाइगर्सलाई १२.४८ प्रतिओभर रन आवस्यक थियो। सोह्रौं ओभरको अन्तिम बल ज्यागुअर कप्तान इफ्तिखार एहमदले गर्दै गर्दा दिपेन्द्र ऐरी ९ बलमा ५ रन बनाएर क्रिजमा थिए। दिपेन्द्रले रन बनाउन संघर्ष गर्दै गर्दा पेभेलियनमा आन्द्रे रसेल र कार्लोस ब्राथवेट जस्ता आक्रामक ब्याट्सम्यानहरु बाँकीनै थिए। सोहि परिस्थितिमा एक कमेन्टटरले दिपेन्द्रले जोखिम मोलेर भए पनि ठूलो सट खेल्नु पर्ने बताए –

“मलाई लाग्छ दिपेन्द्रले यो बलमा छक्का हान्ने प्रयास गर्नुपर्छ, उनले विकेटनै गुमाए भने पनि रसेल र ब्राथवेट जस्तो ब्याट्सम्यानहरु बाँकी छन्। ति ब्याट्सम्यानहरुलाई डगाउटमा राखेर तपाईं खेर फालीरहनु भएको छ जो यतिबेला खेल जिताउन मैदान भित्र हुनु आवस्यक छ।”

कमेन्टेटरको उक्त भनाइ लगत्तै दिपेन्द्रले रिभर्स स्विप गर्दै बाउन्ड्री प्रहार गर्न खोजे, तर ऐरीले बल छुन सकेनन् फलस्वरुप बोहर समाप्ति हुँदा ऐरीको १० बलमा ५ रन बनेको थियो। जितको लागि टिमलाई अब १३ रन प्रतिओभर अर्थात् ४ ओभरमा ५२ रन आवस्यक रह्यो जुन बनाउनु चुनौतिपूर्ण देखिएको थियो।

सत्रौं ओभरको सुरुवातमा अर्का कमेन्टेटरले पुनः सोहि कुरा दोहोर्याउदै साथी कमेन्टेटरलाई सोधे-

“तपाईले दिपेन्द्रलाई रिटायर लिन भन्नु भएको हो ? यसलाई व्यक्तिगतरुपमा लिन आवस्यक छैन, आन्द्रे रसेल म्याच विनर हुन् र उनि बाउन्ड्री प्रहार गर्न सक्छन्। दिपेन्द्रले त्यसो गर्न सक्छन् जस्तो लाग्दैन। उनले २० वरपर रन बनाएका छन् र राम्रो खेलेका छन् तर खेलको यो परिस्थितिमा आन्द्रे रसेललाई किनारा लगाउनु सहि हैन।”

त्यसपछि पुनः अर्को एक बल डट खेलेपछि ऐरीले स्पेनसर जोन्सनको ओभर पिच बललाई कभरमा चौका प्रहार गरे। त्यसपछि स्ट्राइक रेट बढाएका ऐरीले त्यसपछिको ५ बल खेल्दा ६ रन जोडे।

सोहि बीचमा कमेन्टेटरले पुनः दिपेन्द्रलाई क्रिएटिभ ( रचनात्मक ) हुनु पर्ने बताए – “उनिसंग अहिले लाइसेन्स छ ( ठूलो सट खेल्ने )। स्कुप खेल्नुस, डिप-मिड विकेटमा प्रहार गर्नुस, यो अवस्थामा तिमीले क्रिएटिभ हुने प्रयास गर्नुपर्छ दिपेन्द्र।”

अठारौं ओभरको समाप्तिमा मोन्टरियल टाइगर्सलाई जित्न २ ओभरमा २५ रन आवस्यक थियो। १७ बल सामना गरेका दिपेन्द्र १ चौका मद्दतले १६ रन बनाएर अविजित थिए। सोहि समयमा क्रिकेट मैदानमा दुर्लभ दृश्य देखियो जसले जसले दर्शकहरुलाई आश्चर्यमा पार्यो। दिपेन्द्र ऐरीलाई रिटायर्ड आउट लिन लगाइयो  जसपछि उनि मैदान बाहिरिए।

मैदान बाट बाहिरिंदै दिपेन्द्र र प्रवेश गर्दै रसेल

मोन्टरियलको उक्त निर्णयको सरेका कप्तान इफ्तिखार एहमदले प्रतिवाद गरे तर खेलको नियम अन्तर्गतनै पर्ने हुँदा सरे निर्णय स्वीकार गर्दै खेलमा फर्कियो। नियमअनुसार ब्याट्सम्यानले आउट नभई अम्पायरको अनुमाति विना मैदान छाडेको खण्डमा ‘रिटायर्ड आउट’ मानिने गर्छ जो पुनः फर्केर आउन पाउदैन।

अम्पायरसंग विवाद गर्दै सरे ज्यागुअर्स कप्तान इफ्तिखार एहमद र टिम

त्यसपछि मैदानमा दिपेन्द्रको स्थानमा आन्द्रे रसेलको आगमन भयो जसले मात्र ६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै टिमलाई रोमान्चक जित दिलाए। दिपेन्द्रलाई रिटायर्ड आउट गर्दै रसेललाई ल्याउने मोन्टरियलको रणनीति सहि सावित भयो।

आफ्नो रणनीतिको कारण मोन्टरियल टाइगर्स जित्दै गर्दा टिमको जितमा नेपाली समर्थकहरुले भने खल्लोपन महसुस गरे । आफ्नो प्रिय खेलाडी आउट नभएता पनि मैदान छाड्न बाध्य पारिएको दृश्यले दर्शकहरुलाई सहज थिएन। दिपेन्द्रको क्षमता माथि समेत प्रश्न उठेको र अपमानित महसुस दर्शकहरुले गर्न पुगे।

नेपाली दर्शकहरुले मात्र हैन खेल पछि टिम कप्तान अस्ट्रेलियन खेलाडी क्रिस लिनले पनि खल्लो महसुस गरे। ब्याटिंग गर्दै गरेका आफ्ना खेलाडीलाई आउट नभई मैदान बाहिर बोलाउनु परेकोमा उनले ऐरीसंग माफीनै मागे-

“म दिपेन्द्रसंग माफी माग्न चाहन्छु। मैले जीवनमा कहिल्यै पनि सोचेको थिईनकि म कुनै ब्याट्सम्यानलाई रिटायर लिन भन्छु। तर आन्द्रे रसेल जस्तो खेलाडी छन् भने तपाईं भाग्न सक्नुहुन्न र त्यो सहि पनि सावित भयो।”

खेलमै घटेको अर्को घटनाले पनि नेपाली दर्शकलाई खल्लो महसुस गरायो। प्रतियोगितामा शानदार प्रदर्शन गरेका स्टार लेग स्पिनर सन्दिपले तिन ओभर गरेपछि उनलाई बाँकी एक ओभर बलिंग नदिने निर्णय चित्त बुझ्दो थिएन।

इनिंग्सको आठौँ ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा ४ रन खर्चिए। दशौँ ओभरमा दोश्रो ओभर गर्दा ९ रन खर्चेका उनलाई अन्तिम बलमा दिल्प्रित सिंहले चौका प्रहार गरे। तेह्रौं ओभरमा उनले ७ रन खर्चिए जुन क्रममा अन्तिम बलमा रथरफोर्डको ब्याटको भित्रि किनारा लाग्दै दुर्भाग्यवस बल विकेटपछाडी चौका हुन पुग्यो। स्पिनर खेल्न संघर्ष गरिरहेको उक्त परिस्थितिमा सन्दिपलाई अर्को ओभर त्यो अवस्थामा नदिंदा अन्तिम ओभरमा सरेलाई अन्तिममा बलर अभाव भयो र अन्तिम ओभरमा अम्मर खालिदलाई बलिंग दिनुपर्यो जुन पनि हारको एक कारण बन्न पुग्यो।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]