नेपाली राइनोजको शानदार जित, एपीएफ पहिलो चरणबाटै बाहिर

विकेटनेपाल , पुष २८ – काठमाडौँ 

शशस्त्र प्रहरी बल ( एपीएफ ) राजधानीमा जारि रस्लान कप क्रिकेटको समुह चरणबाटै बाहिरिएको छ l बिहिबार टियु मैदानमा सम्पन्न खेलमा शरद भेसावकर कप्तानीको नेपाली राइनोज क्रिकेट क्लब टिमले पारस खड्का कप्तानीको एपीएफलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्यो l ( स्कोरकार्ड )

नेपाली राइनोज केहि अघि अमेरिकामा सम्पन्न टु-एक्स क्रिकेट युएसए कपमा सहभागी टिम हो जुन टिमले उक्त प्रतियोगिता जित्दा पारस खड्का, सोमपाल कामि, सुबास खकुरेल, सिद्धान्त लोहनी, बसन्त रेग्मी, पृथु बास्कोटा, शरद भेसावकर, ज्ञानेन्द्र मल्ल उक्त टिममा थिए l

अमेरिकामा पुर्ब नेपाली क्रिकेटरहरु मिलेर सुरु गरेको नेपाली राइनोजले नेपालमा पहिलो पटक कुनै प्रतियोगितामा सहभागिता जनाएको हो l अमेरिकामा राइनोजबाट खेलेका शरद भेसावकर बाहेक अधिकांश खेलाडी राइनोजको बिरुद्ध खेलेको अवस्थामा राइनोजले घरेलु क्रिकेटको बादशाह एपीएफलाई पराजित गरेको हो l भेसावकर हाल कुनै पनि विभागीय टोलिमा आबद्ध नभएको अवस्थामा रस्लान कपमा नेपाली राइनोजको कप्तानी गर्दै खेलेका छन् l

( एकछिन : धनगढी प्रिमियर लिगको अक्सनको रमाइलो भिडियोहरु हेर्नुस यो लिंकमा ) 

टियु मैदानमा टस जितेर एपीएफलाई पहिले ब्याटिंग गर्ने निम्तो दिएपछि राइनोजले राम्रो बलिंग प्रदर्शन गर्यो l एपीएफका खेलाडीहरुलाई लामो समय राइनोज बलरले क्रिजमा जम्न दिएनन् l ओपनर सुबास खकुरेल र आसिफ शेख समान १८ रनमा पेभेलियन फर्किए l त्यसपछि प्रदिप ऐरी, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र पृथु बास्कोटा क्रमशः १,७,३,७ रनमा पेभेलियन फर्किदा एपीएफ ७४/६ को खराब स्थितिमा थियो l

शरद भेसावकरको बलमा सौरभ पेलाले बाउन्ड्रीमा उत्कृस्ट क्याच लिएपछि पारस खड्का १८ रन बनाई आउटभएपछि अन्त्यमा भुवन कार्कीले आक्रामक ३३ रन बनाउदै एपीएफलाई सम्मानजनक स्कोर तर्फ डोर्याए l कार्कीले १६ बलमा ३ चौका र २ छक्का मदतले ३३ रन बनाए l २० ओभरमा एपीएफले १२३/८ को स्कोर खडा गर्यो l

Sonu Tamang
सोनु तामांग

शरद भेसावकरले २ विकेट हात पार्दा , सुशील कंडेल, पवन शर्रफ, रिजन ढकाल र रुपेश श्रीवास्तवले समान १ विकेट दिलाए l

जवाफमा १२४ रनको लक्ष पछ्याएको राइनोजले पनि खराब सुरुवात गर्यो l पहिलो ४ विकेट ४२ रनको स्कोरमै गुमाउन पुग्यो l ओपनर प्रकाश बिस्ट २, संजय श्रेष्ठ २६ मा आउट भए l  रुपेश श्रीवास्तव ( ० ) र शिब तन्दुकर ( ७ ) पनि क्रिजमा जम्न सकेनन् l

त्यसपछि जितेन्द्र ठकुरीले ३२ रन बनाउदै राइनोजको इनिंग अघि बढाउने क्रममा केहि आकर्षक सट प्रहार गरे l भुवन कार्कीको बलमा बसन्त रेग्मीको हात बाट क्याच समातिनु अघि ठकुरीले ३ चौका र १ छक्का मदतले ३१ बलमा ३२ रन बनाए l

जितेन्द्र आउट हुँदा ७९/५ को अवस्थामा पुगेको राइनोज समस्यामा देखिएको थियो तर शरद भेसावकर र सोनु तामांगले राइनोजलाई अघि बढाए l २५ बलमा २० रन बनाएर शरदले साझेदारी कायम राख्दा अर्को पट्टि सोनु तामांगले १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाउदै टोलिलाई ४ बल बाँकी रहँदै जित सम्म पुर्याए l

बसन्त रेग्मीले ४ ओभरमा २ मेडन ओभर सहित ११ रन दिएर २ विकेट हात पारे पनि जितको लागि पर्याप्त भएन l

अलराउण्ड प्रदर्शन गरेका शरद म्यान अफ द म्याच घोषित भए l

मेहबुब आलमको अलराउण्ड प्रदर्शन 

मेहबुब आलमले बलिंग र ब्याटिंग दुवैमा उत्कृस्ट प्रदर्शन गरे पछि रस्लान कपको आज सम्पन्न पहिलो खेलमा हिमालयन व्हाइट हाउसले पिसी फाइटर ११ लाई १०७ रनको बिशाल अन्तरले पराजित गर्यो l

स्कोरकार्ड 

टस हारेर ब्याटिंग गरेको व्हाइट हाउसले पहिलो इनिंगमा २० ओभर खेल्दै १६९/९ को स्कोर बनायो l आलमले ४५ बलमा ५१ रन योगदान दिए जसमा ५ चौका र ४ छक्का सामेल थियो l यस्तै ओपनर शुबेन्दु पाण्डेले ३८ , प्रनित थापाले ३२ र अमर सिंग रौटेलाले २५ रन बनाए l

जवाफमा ब्याटिंग गरेको पिसी फाइटर ६२ रनमै समेटियो l बलिंगमा पनि आलमले ३ विकेट आफ्नो नाम गर्दा ४ ओभरमा २ मेडन ओभर सहित मात्र २ रन खर्चेर ३ विकेट हात पारे l सन्दिप ढुंगाना र हसिम अन्सारीले २/२ विकेट लिए l

प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा भोलि ९ बजे हिमालयन व्हाइट हाउस र नेपाल पुलिस क्लब तथा दोश्रो क्वार्टरफाइनलमा न्यु राइजिंग क्रिकेट क्लब विरुद्ध खहरी क्रिकेट क्लब प्रतिस्पर्धा गर्नेछन् l

प्रतियोगिताको पुरा खेल तालिका हेर्न क्लिक गर्नुस 

 

सम्बन्धित लिंक : 

सोनुको शतकमा थाईल्याण्ड बिरुद्ध योंगस्टारको दोश्रो ठुलो जित

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy