स्कटल्याण्डलाई हराउदै नेदरल्याण्ड विश्वकप छनोट, लिडाको शानदार प्रदर्शन

बास डी लिडाले शानदार अलराउण्ड प्रदर्शन गर्दा नेदरल्याण्ड एकदिवसीय विश्वकप २०२३ मा छनोट भएको छ।

आईसीसी विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्स चरणमा स्कटल्याण्ड र जिम्बाब्वेसंग अंक बराबरी भएता पनि नेट रन रेटमा दुवै टिमलाई पछि पार्दै नेदरल्याण्ड छनोट भएको हो। तिन वटै टिमको ५ खेल खेल्दा ६ अंक रहेता पनि नेदरल्याण्डले अन्तिम वाजी मारेको हो। नेदरल्याण्डको नेट रन रेट ०.१६०, स्कटल्याण्डको ०.१०२ तथा जिम्बाब्वेको -०.०९९ रह्यो। श्रीलंकाको १ खेल खेल्न बाँकी रहंदा ८ अंक छ।

३ महिना पछि अक्टोबरमा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुने सबै १० टिमको टुंगो लागेको छ। श्रीलंका र नेदरल्याड विश्वकप छनोटबाट विश्वकपमा पुग्दा आयोजक भारत सहित अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका आईसीसी विश्वकप सुपर लिगको शिर्ष-८ मा रहँदै छनोट भएका थिए।

नेट रन रेटमा नेदरल्याण्डले स्कटल्याण्डलाई पछि पार्दै विश्वकपमा छनोट हुन स्कटल्याण्डले दिएको २७८ रनको लक्ष्य नेदरल्याण्डले ४४ ओभरमा पछ्याउनु पर्ने थियो। नेदरल्याण्डले उक्त लक्ष्य ६ विकेट गुमाएर ४२.५ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड ओपनर विक्रमजित सिंह र म्याक्स ओ डोडले ६५ रनको ओपनिंग साझेदारी गरे। तर माइकल लिस्कले ४० रन बनाएका सिंह र २० रन बनाएका ओ डोडको विकेट लिंदै स्कटल्याण्डलाई खेलमा फर्काए। वेसले बारासी ११ र तेजा निदामानुरु १० रन बनाएर आउट हुँदा नेदरल्याण्ड १०८/४ को अवस्थामा पुग्यो।

पाँचौ विकेटको लागि बास डी लिडाले कप्तान स्कट एड्वार्ड्ससंग ५५ रन जोडे। २५ रन बनाएका एड्वार्ड्सलाई ३१ औं ओभरमा एड्वार्ड्सलाई मार्क वाटले एलबिडब्लु गरे। त्यसपछि डी लिडाले सकिब जुल्फिकरसंग इनिंग्स अघि बढाए जुन क्रममा आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक समेत पुरा गरे।

खेलको ४१ औं ओभरमा मार्क वाटको एकै ओभरमा डी लिडाले २ छक्का तथा जुल्फिकरले १ छक्का गरि २२ रन ल्याउदा नेदरल्याण्डलाई ३ ओभरमा २३ रन बनाउनु आवस्यक रह्यो। त्यसपछि म्याकमुलेनले गरेको ४२ औं ओभरमा लिडेले २ छक्का प्रहार गर्दा नेदरल्याण्डले २० रन बटुल्यो। २ ओभरमा ३ रन आवस्यक हुँदा लिडा रन आउट भए जस अघि उनले जुल्फिकरसंग ६९ बलमा ११३ रनको साझेदारी गरे। त्यस अघि लिडाले ९२ बलमा ७ चौका र ५ छक्का मद्दतले १२३ रन बनाए। सोहि ओभरको पाँचौ बलमा भान बिकले र रन लिंदै नेदरल्याण्डलाई जित दिलाए। सकिब जुल्फिकरले अविजित ३३ तथा भान बिकले अविजित १ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट क्षेतीमा २७७ रन बनायो। स्कटल्याण्डको लागि ब्रेण्डन म्याकमुलेनले शतकीय योगदान दिए जुन क्रममा ११० बलमा ११ चौका र ३ छक्का मद्दतले १०६ रन बनाए। कप्तान रिची बेरिंगटनले ६४ रन बनाए।

नेदरल्याण्ड बलर बास डी लिडेले ५ विकेट लिए जुन क्रममा १० ओभरमा ५२ रन खर्चिए। रायन क्लेनले २ तथा लोबान भान विकले १ विकेट लिए।





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]