नेत्रहीन विश्वकप टिम छनोट गर्न ५ सदस्यीय छनौट समिति, छनोट प्रतियोगिता सम्पन्न

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेत्रहीन क्रिकेट संघ नेपालको व्यवस्थापनमा दुई दिने नेत्रहीन क्रिकेट विश्वकप छनौट प्रतियोगिता आइतबार काठमाडौँमा सम्पन्न भएको छ ।

पारा तथा विशेष खेलकुद अन्तर्गत असार २२ र २३ गते आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगिताको समापनका प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य विना श्रेष्ठले आगामी दिनमा पनि दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले खेल्दै आएको नेत्रहीन क्रिकेट खेललाई निरन्तरता दिनु पर्ने भन्दै खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नु भयो । साथै उहाँले खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान सहित पुरस्कृत गर्नुभयो ।

त्यसै गरी नेत्रहीन क्रिकेट विश्वकप छनौट प्रतियोगिताका सदस्य रवीन्द्र गुप्ताले राष्ट्रिय खेलकुद परिदले अपाङ्गता भएका खेलाडीहरूका लागि विभिन्न खेल प्रतियोगिताको आयोजना गर्नु भएकोमा धन्यवाद दिनु भयो ।

नेत्रहीन क्रिकेट खेल प्रतियोगिता समापनका क्रममा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले आगामी नोभेम्बरमा पाकिस्तानमा हुने नेत्रहीन क्रिकेट विश्वकप प्रतियोगितामा सहभागीताका लागि अरुण अर्यालको संयोजकत्वमा ५ सदस्यीय छनौट समितिले यसै प्रतियोगिताका आधारमा नेत्रहीन क्रिकेट विश्वकप प्रतियोगिताका लागि १५ जना नेत्रहीन क्रिकेट खेलाडीहरूको छनौट गरिने बताउनुभयो। छनोट समितिमा अर्याल सहित, सुनोज भट्टराई, रविन्द्र गुप्ता, नहेंद्र निरौला, तुम्बुरु उप्रेती छन्।

काठमाडौँको मुलपानीको क्रिकेट मैदानमा विभिन्न जिल्लाका ३९ जना नेत्रहीन क्रिकेट खेलाडीहरूको सहभागिता रहेको थियो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]