कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल : दोश्रो दिन हिमालयन, गुल्मी, सगरमाथा र मभेन विजयी

द हिमालयन क्लव अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा जारि कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ को दोश्रो दिनको खेलमा द हिमालयन क्लब, गुल्मी टाइगर्स, एक्स्पर्ट सगरमाथा ब्लुज र मभेन क्रिकेट विजयी भएका छन्।

दिनको पहिलो खेलमा द हिमालयन क्लबले दोश्रो जित दर्ता गर्ने क्रममा रोयल राइनोज क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो। रोयल राइनोजले दिएको १०२ रनको लक्ष्य द हिमालयन क्लबले ३ विकेट क्षेतीमा भेटायो। 

द हिमालयनको जितमा ब्याटिंगतर्फ भुपराज पंगेनीले २४ तथा सरोज क्षेत्रीले २० रन बनाए भने बलिंगतर्फ उदय देवकोटा र रमनित सिंहले समान २ विकेट लिए। रोयल राइनोजको ब्याटिंगमा रिखभ पाँचलले ३८ तथा बलिंगमा दिपेस बिस्टले २ विकेट लिए। प्लेयर अफ द म्याच सरोज क्षेत्री घोषित भए।

दिनको दोश्रो खेलमा गुल्मी टाइगर्सले दोश्रो जित दर्ता गर्ने क्रममा गोर्खाली क्रिकेट क्लबलाई १० रनले पराजित गर्यो। गुल्मीले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा गोर्खालीले निर्धारित १०० बलमा ७ विकेट क्षेतीमा १२७ रन बनायो।

गुल्मीको जितमा ब्याटिंगतर्फ पदम गौतमले ३८ र आकाश क्षेत्रीले २६ रन तथा बलिंगतर्फ दिपेश खत्रीले ३ तथा हेमु बुढाथोकीले २ विकेट लिए। गोर्खालीको ब्याटिंगमा सुरेश क्षेत्रीले ३१ र जेम्स थापाले २२ तथा बलिंगमा निर्माण वाग्लेले २ विकेट लिए। पदम गौतम प्लेयर अफ द म्याच घोषित भए।

दिनको तेश्रो खेलमा एक्स्पर्ट सगरमाथा ब्लुजले दोश्रो जित दर्ता गर्ने क्रममा फारवेस्ट हन्टर्सलाई ३ विकेटले पराजित गर्यो। फारवेस्टले दिएको १४९ रनको लक्ष्य सगरमाथाले ७ विकेट क्षेतीमा भेटायो।

सगरमाथाको जितमा ब्याटिंगतर्फ हरविन्दर सिंहले ४३ र हम्जा अलिले ४० रन तथा बलिंगतर्फ बिक्रम तिवारी र सारांश थापाले समान २ विकेट लिए। फारवेस्टको ब्याटिंगमा मुसद्दिक अलिले ६३ तथा बलिंगमा पुकार घिमिरेले २ विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन। हरविन्दर सिंह प्लेयर अफ द म्याच घोषित भए।

दिनको चौंथो खेलमा मभेन क्रिकेट क्लबले एभरेस्ट लायन्सलाई ६ विकेटले पराजित गर्यो। एभरेस्टले दिएको १०९ रनको लक्ष्य मभेनले ४ विकेट क्षेतीमा भेटायो।

मभेनको जितमा ब्याटिंगतर्फ गुरप्रताप सिंहले ३३ तथा सौरभ अरोराले २२ रन बनाए भने बलिंगतर्फ निराजन कार्कीले ४ तथा सौरभ अरोराले २ विकेट लिए। एभरेस्टको ब्याटिंगमा कमल क्षेत्रीले २९ तथा बलिंगमा सुरज दाहालले २ विकेट लिए। प्लेयर अफ द म्याच निराजन कार्की घोषित भए।

दोश्रो दिनको खेल समाप्ति पछि समुह ‘ए’ मा द हिमालयन क्लब र गुल्मी टाइगर्सको २ खेलमा समान २ जित पछि समान ४ अंक छ। गोर्खाली क्रिकेट क्लब र रोयल राइनोज क्रिकेट क्लब दुवै खेलमा पराजित भएका छन्। समुह ‘बि’ तर्फ एक्स्पर्ट सगरमाथा ब्लुजले खेलमा ४ अंक छ भने मभेन क्रिकेट क्लब र फार वेस्टको २ खेलमा समान १ जित र १ हार पछि २ अंक छ।  एभरेस्ट लायन्स क्रिकेट क्लब दुवै खेलमा पराजित भयो।

प्रतियोगिताको समुह चरणको अन्तिम खेलहरु आगामी साता शनिवार मार्च २६ तारिखमा खेलिनेछ भने मार्च २७ तारिख आईतबार नक आउट र फाइनल खेल हुनेछ।

द हिमालयन क्लब, एक्सपर्ट सागरमाथा ब्लुज, रोयल राइनोस क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, फार वेश्टर्न हन्टर्स, गोर्खाली क्रिकेट क्लब, एभरेस्ट लायोन्स, गल्मी टाइगर्स गरेर आठ टिमहरुको सहभागीता रहने यो बर्षको द हन्ड्रेड प्रतियोगिता चार दिन शनिबार १९ मार्च, आइतबार २० मार्च, शनिबार २६ मार्च र आइतबार २७ मार्च सम्म चल्ने छ।

प्रतियोगिताको विजेताले तिन हजार डलर र दोश्रो हुनेलाई एक हजार डलर नगद राशीको साथमा कप, पदक र प्रमाणपत्रको व्यबस्था गरिएको छ।

प्रतियोगितालाई क्रिकेट भिक्टोरिया, हार्मनी इन क्रिकेट एसोसिएसन र अन्य नेपाली सामुदायिक क्रिकेट क्लब तथा संघसंस्थाहरुको सहयोग रहेको छ । कार्निभलमा बालबालिकाहरुका लागि टुर्नामेन्टको अन्तिम दिनमा फाइनल खेलभन्दा अगाडी क्रिकेट क्लिनिक रहने आयोजक क्लबले जनाएको छ। र, सहभागी बालबालिकाहरुलाई मेडल समेत प्रदान गरिनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]