अमित श्रेष्ठको ब्याटिंगमा नेपाल पुलिसलाई नाइट क्रिकेटको उपाधि

Nepal Police Club
  • विकेटनेपाल, असोज २९
    – सम्भु दास 

सुनसरीको इनरुवामा सम्पन्न प्रथम रात्रीकालिन मेयर कप टि-२० क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ। फाइनलमा पुलिसले वाईआरसीसी ( बिराटनगर ) लाई ६ विकेटले पराजित गर्यो।

प्रतियोगिताको फाइनल हेर्न करिब ५ हजार दर्शकहरु उपस्थिति थिए। जितसँगै पुलिसले १ लाख ५१ हजार रुपैया हात पारेको छ भने उपिवजेता विराटनगरले ७५ हजार रुपैया पायो।

आज राति सम्पन्न  फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको वाईआरसीसी ( बिराटनगर ) ले १७.२ ओभरमा आफ्ना सम्पूर्ण विकेट गुमाई ८४ रन बनाएको थियो। वाईआरसीसीको लागि हासिम अन्सारीले सर्वाधिक २४, फिर्दोस अन्सारीले १४, पुस्प थापाले १२ तथा महबुब आलमले १० रन बनाएका थिए।

बलिङतर्फ नेपाल पुलिसका बलर दिपेश श्रेष्ठ ,कुशल भुर्तेल,मन्जित श्रेष्ठ तथा योगेन्द्र कार्कीले सम्मान २/२ विकेट लिएका थिए।

फोटो – दिपेश चौधरी

८५ रनको विजय लक्ष्य लिएर मैदान ओर्लेको नेपाल पुलिस क्लबले अमित श्रेष्ठको अविजित ४८ तथा मन्जित श्रेष्ठको १७ रनको मद्दतले १६.१ ओभरमा ४ विकेट गुमाएर विजय लक्ष्य पार गर्दै उपाधि हात पार्यो। पुलिसले सुरुवाती ३ विकेट २० रन बनाउदा गुमाईसकेको थियो जसपछि दबाबमा अमित श्रेष्ठ र मन्जित श्रेष्ठले टिमलाई जितको दिशा दिएका थिए।

बलिङतर्फ वाईआरसीसीका अजय राजबंशी तथा सदाफ अख्तरले १/१ विकेट हात पारे।

अमित श्रेष्ठ ( फाइल फोटो ) 

फाइनल खेलको म्यान अफ द म्याच नेपाल पुलिसका अमित श्रेष्ठ घोषित भए भने प्रतियोगिताको उत्कृस्ट बलर युसीसी बिरगंजका बलर अनुज चौहान, उत्कृस्ट ब्याट्सम्यान वाईआरसीसीका मिनास थापा, उदयमान खेलाडी धनगढी क्रिकेट एकेडेमीका कृष्ण अयर तथा म्यान अफ द सिरिज युसीसी बिरगंजका शैदुलाह अन्सारी घोषित भए। उत्कृस्ट खेलाडीले १० हजार रुपैयाँ तथा अन्य सबै विधाको उत्कृस्ट खेलाडीले ५ हजार रुपैयाँ हात पारे।

नेपालमै पहिलो पटक राष्ट्रिय क्रिकेट प्रतियोगिता रातको समयमा गरिएको हो। फुलबारी क्रिकेट क्लबको आयोजना र इनरुवा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने मेयर राजन मेहताले समापन समारोहमा जानकारी दिए।

फुलबारी क्रिकेट क्लब इनरुवाले आयोजना गरेको प्रतियोगितामा विभिन्न १० वटा टोलिको सहभागिता रहेको थियो।

प्रतियोगिता दौरान लिईएको तस्बिर ( तस्बिर – सम्भु दास ) 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]