पुलिसकाे लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टाेली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेकाे छ।

एकस्ट्राटेक ओभल मैदानमा बुधबार सम्पन्न खेलमा पुलिसले कोशीलाई १५४ रनको फराकिलो अन्तरले हराएको हो।

पुलिसले दिएको २८९ रनको बलियो लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १३४ रनमा अलआउट भयो।

कोशीका लागि सुजन थपलिया ३३ रनमा अविजित रहे भने कप्तान अंकित सुवेदीले २१ रन बनाए। शाकिब हकले १७ र फिर्दोश अन्सारीले १० रन बनाए।

पुलिसका करण केसीले ३ विकेट लिए। ललित राजवंशी र कुशल भुर्तेलले २-२ तथा सागर ढकाल, दिपेन्द्रसिंह ऐरी र गुल्शन झाले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनायो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। त्यस्तै दिलिप नाथले ६१ रन बनाए।

राशिद खान र अर्जुन साउदले समान ३८ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शन झाले २१ रन बनाए।

कोशीका भुपाल लुइटेलले ३ विकेट लिए । प्रकाश कार्कीले २ तथा दिपेश कँडेल, फिर्दोश अन्सारी र शर्वन किस्कुले १-१ विकेट लिए।

जितसँगै जारी प्रतियाेगितामा दुई खेलमा चार अंक जाेडेकाे पुलिस दाेस्राे स्थानमा छ भने कोशी प्रदेशले लगातार तेस्रो हार व्यहोरेको छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]