पुलिसकाे लगातार दोस्रो जित

२०८१ फाल्गुन २८, बुधबार २०:३३

काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टाेली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेकाे छ।

एकस्ट्राटेक ओभल मैदानमा बुधबार सम्पन्न खेलमा पुलिसले कोशीलाई १५४ रनको फराकिलो अन्तरले हराएको हो।

पुलिसले दिएको २८९ रनको बलियो लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १३४ रनमा अलआउट भयो।

कोशीका लागि सुजन थपलिया ३३ रनमा अविजित रहे भने कप्तान अंकित सुवेदीले २१ रन बनाए। शाकिब हकले १७ र फिर्दोश अन्सारीले १० रन बनाए।

पुलिसका करण केसीले ३ विकेट लिए। ललित राजवंशी र कुशल भुर्तेलले २-२ तथा सागर ढकाल, दिपेन्द्रसिंह ऐरी र गुल्शन झाले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनायो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। त्यस्तै दिलिप नाथले ६१ रन बनाए।

राशिद खान र अर्जुन साउदले समान ३८ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरीले ३२ तथा गुल्शन झाले २१ रन बनाए।

कोशीका भुपाल लुइटेलले ३ विकेट लिए । प्रकाश कार्कीले २ तथा दिपेश कँडेल, फिर्दोश अन्सारी र शर्वन किस्कुले १-१ विकेट लिए।

जितसँगै जारी प्रतियाेगितामा दुई खेलमा चार अंक जाेडेकाे पुलिस दाेस्राे स्थानमा छ भने कोशी प्रदेशले लगातार तेस्रो हार व्यहोरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy