पुलिसको विजयी यात्रा जारी

२०८१ चैत्र ६, बिहीबार १७:१९

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको छ।

एक्ट्राटेक ओभलमा बिहीबार पुलिसले बागमती प्रदेशमाथि ९३ रनको सहज दर्ता गर्यो।

पुलिसले दिएको २९८ रनको लक्ष्य पछ्याएको बागतमी ४५.२ ओभरमा २०४ रनमा समेटियो। बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रनको योगदान गरे। यसैगरी शुभ कसंकारले ३६, विपिन आचार्यले १०, सूर्य तामाङले १७, प्रतिस जिसीले १५, आशुतोष घिरैयाले १२, कप्तान पृथु बास्कोटाले ११ र रिजन ढकालले १० रन बनाए।

पुलिसका लागि ललितनाराण राजवंशीले चार, कुशल भुर्तेलले तीन, करण केसीले दुई र गुल्शनकुमार झाले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९७ रनको योगफल तयार पारेको थियो।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ८८ रनको योगदान गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले ४६ बलमा चार चौका र तीन छक्काको मद्दतले ६०, अमृत श्रेष्ठले ४८, आरिफ शेखले ३८, गुल्शनकुमार झाले १६ र दिलिप नाथले १० रन बनाए।

बागमतीका लागि प्रतिस जिसीले तीन तथा रिजन ढकाल, विपिन आचार्य, इशान पाण्डे र साकार गजुरेलले समान एक विकेट लिए।

जितसँगै शीर्षस्थानको पुलिसले ७ खेलमा १४ अंक जोडेको छ। पराजित बगमती ६ खेलबाट सात अंकका साथ सातौं स्थानमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy