पुलिसकाे विजयी यात्रा जारी

२०८१ फाल्गुन ३०, शुक्रबार १४:१९

काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले आफ्नाे विजयी यात्रा तेस्राे खेलमा पनि कायम राखेकाे छ।

देउखुरी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा एपीएफलाई २ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायमै राखेको हो।

एपीएफले दिएको ९५ रनको लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए। गुल्शन झा १२ रनमा नटआउट रहे। अर्जुन साउदले ११ तथा राशिद खानले १० रन बनाए। सुरुवात राम्रै गरेको भएपनि ५९ रन जोड्दा सेट ब्याटर कुशल भुर्तेल आउट भएपछि पुलिस दबाबमा आएको थियो।

एपीएफका लागि भुवन कार्कीले ७ ओभरमा ३३ रन दिएर ३ विकेट लिए। अभिषेक गौतम र रोहित पौडेलले २-२ तथा कमलसिंह ऐरीले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ २७.४ ओभरमा ९४ रनमा अलआउट भएको हो। एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २६ तथा लोकेश बमले २२ रन बनाए। आसिफ शेख र अमरसिंह राउटेलाले समान १० रन बनाए।

एपीएफलाई सस्तैमा अलआउट गर्न पुलिसका ललित राजवंशीले ६ विकेट लिए।

जितसँगै ३ खेलबाट पुलिसले ६ अंक जाेडेकाे छ। पराजित एपीएफ भने समान खेलबाट चार अंक छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy