क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग-एनपीएल आयोजना गर्ने तयारी गरिरहेका बेला प्रतियोगिताको स्वामित्वलाई लिएर आमिरले ध्यानाकर्षण गराएका हुन्। क्यानले एनपीएल मंसिर १६ गतेबाट आयोजना गर्ने तयारी गरिरहेको छ ।

पूर्व राष्ट्रिय क्रिकेटर समेत रहेका आमिरले एनपीएलसम्बन्धी सम्पूर्ण अधिकार आफ्नो रहेको दाबी गर्दै क्यानले बेवास्ता गरेर प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेका छन् ।

उनले नेपाल प्रिमियर लिग प्रालि र नेपाल क्रिकेट संघ (क्यान) बीच सहमति गरेर मात्र एनपीएल आयोजना गर्न आग्रह गरेका छन् । क्यानले सहमति गरेमा आफूले नेपाल प्रिमियर लिग प्रालि नामसारी गरिदिने पनि उल्लेख गरेका छन् ।

उनले त्यसका लागि ७ दिनको समय सीमा पनि दिएका छन् ।

अख्तरले सन् २०१४ मा फ़्रेन्चाइज् मोडलमा नेपाल प्रिमियर लिगको पहिलो संस्करण धनगढी र महेन्द्रनगरमा आयोजना गरेको थियो। एकदिवसीय फर्म्याटमा उक्त प्रतियोगिता आयोजना गरीएको थियो। अख्तरले त्यसपछि सन् २०१६ देखि लिगको नाम परिवर्तन गर्दै फ़्रेन्चाइज् मोडलमा एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) आयोजना गरेको थियो। तर क्यानले प्राइभेट लिगलाई प्रिमियर लिग गर्न अनुमति नदिएपछि अख्तरले ईपीएल आयोजना गर्ने अनुमति पाएका छैनन्। अख्तरले भर्खरै फ़्रेन्चाइज् मोडलमा महिला भलिबल लिग एभरेस्ट महिला भलिबल लिगको आयोजना गरेका थिए।





थप समाचार

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]