नेपाली क्रिकेट समर्थक समाजको छैठौँ बार्षिक साधारणसभा सम्पन्न

कार्तिक २७ , बुटवल , रुपन्देही,

नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस ) को छैठौँ बार्षिक साधारण सभा बुटवल रुपन्देही सम्पन्न भएको छ ।

आज बुटवल स्थित होटेल पौवामा आयोजित कार्यक्रममा विभिन्न जिल्ला र प्रदेश प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रमको अतिथिद्वय अन्तर्राष्ट्रिय अम्पाएर बुद्दि बहादुर प्रधान र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देबेन्द्र सुबेदिले शुभकामना मन्तव्य राख्दै संस्थाले गरेको कार्यक्रमले समग्र नेपाली क्रीकेटको उचाइ मद्दत पुगेको कुरा व्यक्त गर्नुभएको थियो ।

समर्थक समाजले हरेक बर्ष प्रदान गर्दै आइरहेको उत्कृष्ट जिल्लाको सम्मान यस बर्ष जिल्ला समन्वय समिति पाल्पाले प्राप्त गरेको छ ।

केन्द्रिय कार्यसमिति एबम जिल्ला सम्वन्वय समितीहरुले सस्थाको बार्षिक प्रतिबेदन प्रेश गर्दै संस्थाको भावी कार्ययोजना र प्रस्तावहरुमा साधारण सभाले आबस्यक छलफल गर्दै निर्णय गरेको थियो । कोरोनाले प्रभावित सस्थाको नियमित गतिविधिलाई निरन्तरता दिदै थप वृद्धि गर्ने , सदस्यता वृद्धि र जिल्ला समन्वय समितिको बिस्तारमा जोड दिने , क्यान र सरोकार वालाको हरेक गतिविधि चुस्त निगरानी गर्दै प्रभावकारी प्रतिक्रिया ब्यक्त गर्ने सरोकारवाला संग अन्तक्रिर्या लगायतका कामहरुलाइ अगाडि सारेको छ । नयाँ जिल्लामा विस्तार गर्ने प्रयास स्वरुप परासी जिल्लाबाट रमेश चालिसेलाई जिल्ला प्रतिनिधिको जिम्मेवारी दिएको छ ।

कार्यक्रममा अध्यक्ष नारायण पराजुलीले बार्षिक प्रतिबेदन प्रस्तुत , तारा पाठकले संस्थाको गतिविधि तथा प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष अच्युत पान्डेय आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य रुपन्देही कोषाध्यक्ष शिबराज गौतमले गर्नु भएको कार्यक्रमको सन्चालक बिजय बौडेलले गर्नु भएको थियो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]