ओमान भ्रमणमा टुट्न सक्ने नेपालको १० ठूला रेकर्ड

नेपाली क्रिकेट टिमले फेब्रुअरी १७ तारिख देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनोट तथा त्यसको तयारी स्वरूप फेब्रुअरी ११ तारिख देखि ओमानमानै सुरु हुने चार देश सम्मिलित टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। गत वर्ष अक्टोबर देखि पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय फर्म्याटमा मैदानमा उत्रन लागेको नेपाली क्रिकेट टिम र खेलाडीहरुले ओमान भ्रमणमा बिभिन्न पुराना रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउने सम्भावना रहेको छ। टुट्न सक्ने तिनै रेकर्डहरु मध्ये १० मूख्य रेकर्ड यहाँ समाबेश गरेका छन् –

१. सन्दिप लामिछानेले थप ३ विकेट लिन सके टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्नेछन्। कप्तान लामिछानेले नेपालको लागि २५ खेल खेल्दा ४७ विकेट लिएका छन्। दोश्रो धेरै विकेट करन केसीले ३३ खेलमा ४४ विकेट लिएका छन् जो पनि यो कीर्तिमान बनाउने दौडमा छन्। टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ४८ जना बलरले मात्र ५० वा सो भन्दा बढी विकेट लिएका छन्।

२. हालसम्म टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाली बलरले एकै खेलमा ५ विकेट लिन सकेका छैनन्। बसन्त रेग्मीले सन् २०१५ मा हंगकंग बिरुद्ध १६ रन खर्चेर लिएको ४ विकेटनै टि-ट्वान्टी अन्तर्राष्ट्रियमा उत्कृस्ट बलिंग स्पेल हो। ओमान सिरिजमा बसन्त रेग्मीको उत्कृस्ट स्पेलको रेकर्ड तोड्दै उत्कृस्ट स्पेल तथा पहिलो पटक टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ५ विकेट लिने बलरको कीर्तिमान तोड्ने मौका नेपाली बलरहरुलाई छ। हालसम्म रेग्मी बाहेक, सन्दिप लामिछाने, करन केसी, अविनाश बोहराले मात्र एकै इनिंग्समा ४ विकेट लिन सकेका छन्। करन र सन्दिपले समान दुई पटक तथा अविनाश र बसन्तले एक/एक पटक ४ विकेट लिएका छन्।

३. नेपालको लागि टि-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रनकर्ता पूर्व कप्तान पारस खड्का हुन्। सन्यास घोषणा गरिसकेका खड्काले ३३ खेलमा ७९९ रन बनाएका थिए। पारस पछि दोश्रो धेरै रन बनाउने ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल हुन् जसले ३२ खेलमा ६७३ रन बनाएका छन्। ज्ञानेन्द्रले ओमान भ्रमणमा थप १२७ रन बनाएको खण्डमा पारसलाई उछिन्दै टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रनकर्ता बन्नेछन्। पारस र ज्ञानेन्द्र पछि तेश्रो सर्वाधिक रनकर्ता दिपेन्द्र ऐरी हुन् जसले २६ खेलमा ४७७ रन बनाएका छन्। चौंथो धेरै बिनोद भण्डारीले ३५ खेलमा ३१९ रन तथापाँचौ धेरै शरद भेसावकरले १७ खेलमा ३१० रन बनाएका छन्।

४. ज्ञानेन्द्र मल्लले २०१९ डिसेम्बरमा भुटान बिरुद्ध बनाएको १०७ रन टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर हो। ओमान भ्रमणमा मल्लको उक्त रेकर्ड तोड्ने अवसर नेपाली ब्याट्सम्यानहरुसंग छ। ज्ञानेन्द्र पछि पारस खड्काले सिंगापुर बिरुद्ध २०१९ मा बनाएको अविजित १०६ रन नेपाली ब्याट्सम्यानको दोश्रो उच्च स्कोर हो। दुई ब्याट्सम्यान बाहेक अन्य ब्याट्सम्यानले टि-२० अन्तर्राष्ट्रिय शतक बनाएका छैनन्।

५. नेपालको लागि सर्वाधिक ५० माथिको स्कोर बनाउने कीर्तिमान पारस खड्काको नाममा छ। खड्काले नेपालको लागि ३३ खेल खेल्दै ३२ इनिंग्समा ब्याटिंग गर्दा १ शतक र ४ अर्धशतक बनाएका थिए। पारस पछि कुशल भुर्तेल सर्वाधिक ५० माथिको स्कोर बनाउने खेलाडी हुन् जसले ४ पटक ५० माथि स्कोर बनाएका छन्। भुर्तेलले दुई वटा अर्धशतक माथिको स्कोर बनाउदै पारसलाई पछि पार्न सक्ने छन् भने एउटा अर्धशतक मात्र बनाए पनि अर्वाधिक अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान बन्नेछन्। बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान दुई पटक ५० माथिको स्कोर बनाएका छन्।

६. ज्ञानेन्द्र मल्लले मलेसिया बिरुद्ध २०१९ मा मलेसिया बिरुद्ध मात्र २१ बलमा अर्धशतक बनाएका थिए जुन नेपाली ब्याट्सम्यानको छिटो अर्धशतक हो। ओमान भम्रणमा नेपाली ब्याट्सम्यानहरुसामू यो रेकर्ड तोड्ने अवसर छ। कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, बिबेक यादव जस्ता ब्याट्सम्यानहरुसामू यो रेकर्ड आफ्नो नाम गर्ने अवसर छ।

७. नेपालले गत वर्ष घरेलु सिरिजमा नेदरल्याण्ड बिरुद्ध बनाएको २३८/३ को योगफल टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक टिम योगफल हो। टिममा आक्रामक ब्याट्सम्यानहरुको बाहुल्यता हुँदा यो रेकर्ड ओमान भ्रमणमा टुट्न सक्नेछ।

८. नेपालको लागि सबैभन्दा धेरै टि-ट्वान्टी खेल्ने रेकर्ड बिनोद भण्डारीको नाममा छ जसले सन् २०१४ देखि २०२१ सम्म कुल ३५ टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको प्रतिनिधित्व गरे। उनि पछि धेरै खेल करन केसी, पारस खड्का र सोमपाल कामिले समान ३३ खेल खेलेका छन्। ज्ञानेन्द्र मल्लले ३२, दिपेन्द्र ऐरीले २६, सन्दिप लामिछानेले २५ तथा अविनाश बोहराले २४ खेल खेलेका छन्। बिनोद भण्डारी र सोमपाल कामि ओमान भ्रमणमा नहुँदा करन केसीले लगातार थप ३ खेल खेलेको खण्डमा उनि सर्वाधिक टि-२० अन्तर्राष्ट्रिय खेल्ने नेपाली खेलाडी बन्नेछन्।

९. टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाली ब्याट्सम्यानको सर्वाधिक साझेदारी अविजित १४५ रनको हो। दोश्रो विकेटको लागि सन् २०१९ मा सिंगापुर बिरुद्ध पारस खड्का र आरिफ शेखले उक्त साझेदारी गरेका थिए। त्यो सहित मात्र ४ पटक नेपाली ब्याट्सम्यानले शतकीय साझेदारी गरेका छन्। कुशल भुर्तेल र आसिफ शेखको जोडीले दुई पटक तथा पारस खड्का र ज्ञानेन्द्र मल्लले एक पटक शतकीय साझेदारी गरेका छन्। सर्वाधिक साझेदारीको पारस र आरिफको रेकर्ड तथा पहिलो विकेटको लागि कुशल र आसिफले गत वर्ष नेदरल्याण्ड बिरुद्ध गरेको ११६ रनको साझेदारीको रेकर्ड ओमान भ्रमणमा टुट्न सक्नेछ।

१०. नेपाली राष्ट्रिय टिमका नव कप्तान सन्दिप लामिछानेले ओमानसंग चार देशीय सिरिजमा खेलेको खण्डमा उनि नेपालको
अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कान्छो कप्तान बन्नेछन्। सन्दिपको उमेर २१ वर्ष १९३ दिन रहेको छ। पारस खड्काले २७ वर्ष तथा ज्ञानेन्द्र मल्लले २९ वर्षको उमेरमा नेपालको पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानी गरेका थिए। यस्तै सन्दिप विश्वकै आठौँ कान्छो टि-ट्वान्टी अन्तर्राष्ट्रिय कप्तान समेत बन्नेछन्। सबैभन्दा कान्छो उमेरमा टि-२० अन्तर्राष्ट्रिय कप्तानी गर्ने रेकर्ड मलेसियाका भिरनदिप सिंहको नाममा छ जसले २०१९ मा २० वर्ष १९० दिनको उमेरमा भानुआटु बिरुद्ध कप्तानी गरेका थिए।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]