अर्किड कलेजको जित : एसएसपी कप चितवन

विकेटनेपाल , १७ पुष ,
– राकेश तिमल्सिना, चितवन
सचिन पौडेलको शानदार अर्धशतकीय पारीको मद्दतमा चितवनमा जारी चौथो क्याची एसएसपी कप २०१७ को उद्घाटन खेलमा अर्किड कलेज, भरतपुरले प्रेसिडेन्सी कलेज, भरतपुर विरद्ध ६७ रनको जित निकालेको छ ।

विशाल चोकस्थित नौ बिगाहा मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अर्किडले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको थियो । उस्का लागि सचिन पौडेलले ५१ बल खेल्दै सर्वाधिक ६० रन जोडे । त्यस्तै, कप्तान मन्जिल न्यौपानेले १८, आशिष जिसीले १६ र गौतम केसीले १३ रन अर्किडको खातामा थपे । बलिङतर्फ प्रिसिडेन्सीका विमलले ३ र हरिबाबुले २ विकेट लिए ।

१ सय ४६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङका लागि मैदान उत्रिएको प्रेसिडेन्सी १३ ओभर ३ बलमा ७८ रन बनाउदा अलआउट भयो । उस्का लागि कप्तान विश्वास थापाले १० र बिमलले १५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । प्रेसिडेन्सीको पारी ध्वस्त बनाउनेक्रममा राजेश लम्सालले ३ र मन्दिपले २ विकेट लिए ।

अर्धशतकीय पारी खेलेका अर्किडका सचिन पौडेल म्यान अफ द म्याच घोषित हुदै डिटिसीको मोबाइल सेट प्राप्त गरे । उनलाई कार्यक्रम संयोजक अनिल अधिकारी र सम्मानित अतिथि नेवि संघ चितवनका उपाध्यक्ष तथा वीरेन्द्र बहुमुखी क्याम्पसका पुर्व स्ववियु सचिव मित्रनिधि तिवारीले डिटिसीको मोबाइल सेट संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

प्रतियोगिता अन्र्तगत भोलिको खेलमा बिहान १० बजे कृषि तथा वनविज्ञान कलेज, रामपुर र प्रेसीडेन्सी कलेज, भरतपुर आमनेसामने हुनेछन् । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताको मुख्य प्रायोजक क्याची एजुकेशन कन्सलटेन्सी हो । प्रतियोगितामा १८ टिमलाइ फस्र्ट कम फस्र्ट सर्भ शैलीमा प्रतिस्पर्धा गराइने छ ।

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy