एपीएफलाई स्तब्ध पार्दै प्रदेश-१ लाई प्रधानमन्त्री कप महिला राष्ट्रियको उपाधि

विभागीय टोलि तथा डिफेन्डिङ च्याम्पियन शशस्त्र प्रहरी बल एपीएफलाई रोमान्चक खेलमा पराजित गर्दै प्रदेश नम्बर १ ले पहिलोपटक प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ।

दाङको लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १०६ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो। स्कोरकार्ड 

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको यस अघिको लगातार ३ संस्करण एपीएफले जितेको थियो भने त्यस अघिको पहिलो संस्करण जनकपुरले जितेको थियो। प्रदेश-१ ले गत संस्करणको सेमीफाइनलमा एपीएफसंग पराजित भएको थियो। उपाधि सहित प्रदेश-१ ले ५ लाख रुपैयाँ तथा उपविजेता एपीएफले ३ लाख रुपैयाँ हात पार्यो।

लक्ष्य पछ्याउने क्रममा एपीएफले खराब सुरुवात गरेको थियो। ३२ रनको योगफलमा ५ शिर्ष ब्याटसउमन पेभेलियन फर्कीसकेका थिए। ज्योति पाण्डे १४, राजमती ऐरी ०, इन्दु बर्मा ७, सरिता मगर ६ तथा सोनु खड्का १ रन बनाएर पेभेलियन फर्किए।

दबाबमा पाँचौ नम्बरमा ब्याटिंगमा आएकी ममता चौधरी र सातौँ नम्बरमा आएकी करुणा भण्डारीले अर्धशतकीय साझेदारी गर्दै टिमलाई जितको आशा दिलाए। जितको लागि अन्तिम ओभरमा १३ रन आवस्यक रहंदा पहिलो बलमा २ रन बनाएपछि ममता चौधरी रन आउट हुँदै पेभेलियन फर्किईन्। ममता र करुणा बीच ६४ रनको साझेदारी टुट्यो। संगीताले कप्तान सिता राना मगरलाई पाँचौ बलमा स्टम्प आउट गरिन्। ओभरमा मात्र ६ रन खर्चिएपछि एपीएफ ६ रनले पराजित हुन पुग्यो।

ममता चौधरीले ३४ तथा करुणा भण्डारीले अविजित २६ रन बनाएता पनि टिमलाई जितसम्म पुर्याउन सकेनन्।

फाइनल खेल हेर्न उपस्थित दर्शकहरु

प्रदेश-१ को बलिंगमा कप्तान रुबिना क्षेत्री ( ४-०-१४-२ ) र अलिशा खडीया ( ४-०-१३-२ ) ले समान २ विकेट तथा संगीता राई ( ४-०-२५-१ ) ले १ विकेट हात पारे।

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको थियो।

प्रदेश-१ को ब्याटिंगमा ओपनर अप्सरी बेगमले सर्वाधिक ३५, काजल श्रेष्ठले अविजित २९ तथा कप्तान रुबिना क्षेत्रीले १८ रन योगदान दिए।

नियमित ओभर काजल श्रेष्ठको स्थानमा ओपनिंग ब्याटिंगम आएकी अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले ५८ रनको ओपनिंग साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए। १३ औं ओभरमा रुबिना र अप्सरी दुवैलाई एपीएफ कप्तान सिता राना मगरले पेभेलियन फर्काइन्। त्यसपछि सिताले रोम थापाको पनि विकेट लिंदै प्रदेश-१ लाई इनिंगको अन्तिममा दबाब बनाइन्। त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गरेकी काजल श्रेष्ठले एक किनार सम्हाल्दै अन्तिमसम ब्याटिंग गरिन्।

एपीएफको बलिंगमा कप्तान सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १७ रन खर्चिन्। करुणा भण्डारीले १ विकेट ( ४-०-१८-१ ) हात पारिन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]