पाँचपोखरी टि२० : भोताङ र पाँचपोखरी क्रिकेट क्लब विजयी

पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगितामा पाँच पोखरी भोताङ र पाँच पोखरी क्रिकेट क्बले विजयी सुरुवात गरेका छन् । मुलपानी मैदानमा सुरु प्रतियोगितामा पहिलो खेलमा भोताङले इन्द्रावती ९ लाई ३७ रनले हराउँदै विजयी सुरुवात गर्यो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भोताङ १८.१ ओभरमा १ सय २७ रनमा अल आउट भयो । उसका लागि ओपनर पासाङ तामाङ१८, आर्य तामाङ १९, फुर्पा तामाङ १२, करण तामाङ ८, पेम्बा तामाङ१६, लालमान तामाङ १० र विक्रम तामाङ ९ रन बनाए । इन्द्रावतिका कमल प्रसाद लम्सालले २.१ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । सुगम लम्सालले २, विनोद तामाङ, कमल लम्साल, निरोज लम्साल र अमृत लम्सालले १-१ विकेट लिए ।

१ सय २८ रनको विजयी लक्ष्य पछ्याएको इन्द्रावती १९.५ ओभरमा ९० रनमा अल आउट भयो । इन्द्रावतीका ओपनर अमृत लम्सालले ४८ बलमा सर्वाधिक ३० रन बनाए । अन्यले राम्रो गर्न सकेनन् । भोताङका अभिनाश तामाङ, करण तामाङ र विक्रम तामाङले ३-३ विकेट लिए ।

अर्को खेलमा पाँच पोखरी क्रिकेट क्लबले इन्द्रावती गाउँपालिकालाई ६ विकेटले हरायो ।

मुलपानीमा टस जितेर पहिला ब्याटिङ थालेको इन्द्रावती १६ ओभरमा ७५ रनमा अल आउट भयो । इन्द्रावतीका विवेक चौहानले सर्वाधिक २२ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । पाँचपोखरीका सार्थक धितालले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । अर्यान धितालले २, निशान्त धिताल, विजय धिताल र अजय धितालले १-१ विकेट लिए ।

७६ रनको लक्ष्य पाँचपोखरीले १३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सार्थक धिताल १२ बलमा २ चौकासहित १५ रनमा आउट भए । विक्की श्रेष्ठले ३४ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए । सार्थक धिताल खेलको प्लेयर अफ द म्याच चुनिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]