पाकिस्तानको सुधारियो ब्याटिंग, इंग्ल्यान्डलाई चुनौतिपूर्ण लक्ष्य

पहिलो खेलमा वेस्ट इन्डिजसंग विशाल अन्तरको हार बेहोर्ने क्रममा लज्जास्पद ब्याटिंग गरेको पाकिस्तानले दोश्रो खेलमा आयोजक इंग्ल्याण्डसंग भने सुधारिएको ब्याटिंग गरेको छ।

ट्रेन्ट ब्रिजमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रनको योगफल तयार गर्दै घरेलु टिमलाई ३४९ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। पहिलो खेलमा वेस्ट इन्डिजसंग पाकिस्तान ७ विकेटले पराजित हुने क्रममा २१.४ ओभरमा १०५ रनमा सबै विकेट गुमाएको थियो।

पाकिस्तानको ब्याटिंगमा मोहम्मद हफिजले सर्वाधिक ८४ रन बनाए जन क्रममा ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै बाबर आजमले ६३, सरफराज एहमदले ५५, इमाम उल हकले ४४ तथा फखार जमानले ३६ रन बनाए।

राम्रो सुरुवात दिलाउने क्रममा इमाम र फखारले पहिलो विकेटको लागि ८२ रनको साझेदारी गरेका थिए। यस्तै तेश्रो विकेटको लागी मोहम्मद हफिज र बबर आजमले ८८ रनको , चौथो विकेटको लागि हफिज र सरफराज एहमदले ८० रनको साझेदारी गरेका थिए।

इंग्ल्याण्डले अतिरिक्तको रुपमा २० रन खर्चेको इंग्ल्याण्डको लागि मोइन अलि ( १०-०-५३-२ ) र क्रिस वोक्स ( ८-१-७१-३ ) ले ३/३ विकेट तथा मार्क वुड ( १०-०-५३-२ ) ले २ विकेट लिए। जोफ्रा आर्चर भने विकेट विहिन तथा महँगो सावित हुनत १० ओभरमा ७९ रन खर्चन पुगे।

प्रतियोगिता अन्तर्गत इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रीकालाई १०४ रनले पराजित गरिसकेको छ भने पाकिस्तानले पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजसंग ७ विकेटको पराजय बेहोरेको थियो।

विश्वकप अघि पाकिस्तान र इंग्ल्याण्ड र पाकिस्तान बीचको सिरिजमा इंग्ल्याण्ड ४-० ले विजयी भएको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]