पाकिस्तान सामु नेपाल कमजोर

Pranit Thapa after scoring half century

थाईल्याण्डमा आजबाट सुरु भएको एसीसी महिला टि२० एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसंग कमजोर प्रदर्शन गर्दै ९ विकेटको हार बेहोरेको छ l स्कोरकार्ड 

प्रतियोगिताको पहिलो दिन भारत र पाकिस्तानले आफ्नो खेलमा विजय हात पार्दै २/२ अंक बटुले ( अंकतालिका ) l भारतले बंगलादेशलाई ६४ रनले पराजित गर्यो ( स्कोरकार्ड ) l

टस जितेर टेर्डथाई क्रिकेट मैदानमा ब्याटिंग गरेको नेपालले १८.१ ओभरमा ४७ रनमै पुरै विकेट गुमायो l २१ रनको स्कोरमै पहिलो ६ विकेट गुमाएको नेपालको लागि कप्तान रुबिना क्षेत्रीले ११ रन बनाउदै इज्जत जोगाइन् l इन्दु बर्माले र ज्योति पाण्डेले समान ८ रन तथा करुणा भण्डारीले ६ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले उल्लेख्य स्कोर गर्न सकेनन् l नेपालले १० रन अतिरिक्तको रुपमा पायो l

पाकिस्तानी बलर अनाम अमिन, साना मिर, सदिया युसफले समान २/२ विकेट हातपारिन् l

जवाफमा ब्याटिंग गरेको पाकिस्तानले १० ओभरमै लक्ष पछ्यायो l ओपनर आयशा जाफरले २६ तथा जभेरिया वदुदले अविजित १६ रनको योगदान दिएकि थिईन् l नेपालले एक मात्र विकेट रन आउटको रुपमा पायो l

नेपालले प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा पर्सि सोमबार श्रीलंकाको सामना गर्नेछ l पुरा खेलतालिका

 

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]