पारसको अलराउन्ड प्रदर्शनमा चटकपुर विजयी , सिरिज एडुपललाई

२९,असार,धनगढी।

एडुपल नेपालको आयोजनामा यहि असार २६ गतेदेखि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा सुरु भएको पहिलो एडुपल नेपाल र चटकपुर स्पोर्टस क्लव नेपालबीचको ३ टी-२० खेलको सिरिजको अन्तिम टी-२० खेलमा पारस रोकायाको अलराउन्ड प्रदर्शनका मद्दतले चटकपुर स्पोर्टस क्लब नेपालले एडुपल नेपाललाई ३३ रनको अन्तर पराजित गर्दै सिरिजमा पहिलो जित निकाल्न सफल भएपनि आफ्नो टोलिलाइ ३ खेलको सिरिज भने दिलाउन सकेन।

आज बिहान भएको अन्तिम टी-२० खेलमा चटकपुर स्पोर्टस क्लव नेपालले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, चटकपुर स्पोर्टस क्लव नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षती १६२ रनको उच्च योगफल खडा गर्न सफल भयो।ब्याटिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि छैटौं नम्बरमा ब्याटिङ गर्न मैदान उत्रेका उपकप्तान पारस रोकायाले २३ बलमा सर्वाधिक ३१ रन बनाउन सफल हुदाँ सुनिल कार्की १६ बलमा आक्रामक २६ रन,अंकित नायक २४ बलमा २३ रन तथा पारस उपाध्यायले १७ बलमा १३ रन बनाउनुबाहेक माथिल्लो क्रममा खेलाडी चल्न नसल्दा टिमले ठूलो स्कोर खडा गर्न नसकेको टिम कप्तान सन्दिप औजि बताउछन।बलिङतर्फ एडुपल नेपालका लागि रोज शर्माले ४ ओभरमा १८ रन खर्चँदा संगित सिंहले ३ ओभरमा २० रन खर्चंदै समान ३/३ विकेट लिन सफल हुदा राजेन्द्र वमले पनि ४ ओभरमा ४१ रन खर्चंदै २ विकेट लिन सफल भए।

१६३ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको आयोजक टोलि एडुपल नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षती मात्र १२९ रन बनाउन सक्दा अन्तिम टी-२० खेल ३३ रनले पराजित हुनपुगेको टिम प्रशिक्षक धर्मराज जोशी बताउछन।ब्याटिङतर्फ एडुपल नेपालका लागि आयुश ऐरले ३० बलमा सर्वाधिक ३१ रन बनाउदा विशाल बिष्ट २७ बलमा २६ रन,रोज शर्मा १० बलमा आक्रामक १९ रन तथा संगित सिंहले २० बलमा १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन नसक्दा सिरिज क्लिन स्वीप गर्नबाट बञ्चित हुनुपरेको टिम कप्तान भुपेश जोशी बताउछन्।बलिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि पारस उपाध्यायले ४ ओभरमा २३ रन खर्चंदै सर्वाधिक ५ विकेट लिन सफल हुँदा आयुश खड्काले २ ओभरमा १८ रन खर्चंदै महत्त्वपूर्ण १ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ सिरिजको अन्तिम टी-२० जिताउदै सिरिज क्लिन स्वीप हुनबाट पनि बचाउन सफल भए।

३ टी-२० खेलको सिरिजको अन्तिम टी-२० खेल चटकपुर स्पोर्टस क्लवले जित्न सफल भएको छ।उक्त खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेर आफ्नो टोलिलाइ उच्च स्कोरतर्फ अग्रसर गराएका खेलाडी पारस रोकायालाइ म्यान अफ दी म्याच घोषित गरिएको हो।

एडुपल नेपालको आयोजनामा यहि असार २६ गतेदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको एडुपल नेपाल र चटकपुर स्पोर्टस क्लव नेपालबीचको ३ टी-२० खेलको सिरिजको आज भएको समापन समारोहको सभापतित्व एडुपल नेपालका प्रतिनिधि दिलिप दहित ज्यूले गर्नुभएको कार्यक्रमका प्रमुख अतिथी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ वडाध्यक्ष आदरणीय व्यक्तित्व राजबहादुर ऐर ज्यू रहनुभएको हो।त्यस्तै विशिष्ट अतिथिमा सिरिज निर्देशक लोकेश जोशी र अतिथिमा धनगढीका सिनियर युवा खेलाडी आयुव चन्दको सहभागीता रहेको हो।

सिरिजमा उत्कृष्ट बलिङ्ग प्रदर्शन गरेका एडुपल नेपालका बलर रोज शर्मा उत्कृष्ट बलर घोषित हुन सफल भएका हुन र उक्त अवार्ड सिरिज निर्देशक लोकेश जोशी ज्यूले प्रदान गर्नुभएको हो। सिरिजमै उत्कृष्ट ब्याटिङ अनि उत्कृष्ट खेल प्रदर्शन गरेका एडुपल नेपालकै खेलाडी विशाल बिष्ट उत्कृष्ट खेलाडी घोषित हुन सफल भएका हुन र उक्त अवार्ड कार्यक्रमका प्रमुख अतिथी आदरणीय वडाध्यक्ष राजबहादुर ऐर ज्यूले प्रदान गर्नुभएको हो। सहभागी टिम चटकपुर स्पोर्टस क्लवलाइ प्रमाणपत्र एडुपल नेपालका प्रतिनिधि तथा समापन समारोहका सभापति दिलिप दहित ज्यूले प्रदान गर्नुभएको हुँदा विजेता टोलि एडुपल नेपाललाई ट्रफी र प्रमाणपत्र प्रमुख अतिथी तथा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐर ज्यूले प्रदान गर्नुभएको हो।एडुपल नेपालका तर्फबाट कार्यक्रमका प्रमुख अतिथी तथा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ वडाध्यक्ष आदरणीय खेलप्रेमी व्यक्तित्व राजबहादुर ऐर ज्यूलाइ मायाको चिनो सिरिज निर्देशक लोकेश जोशी ज्यूले प्रदान गरेसङ्गै समापन समारोहका सभापति तथा एडुपल नेपालका प्रतिनिधि दिलिप दहित ज्यूले कार्यक्रम समापन भएको घोषणा गर्नुभयो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]