कतारसंग फिल्डिंग गर्न नसकेका पारस, मलेसियासंग खेल्ने सम्भावना कस्तो छ

Paras Khadka

टि-२० विश्वकप छनौट अन्तर्गत कतारसंग पहिलो खेल खेल्ने क्रममा नेपाली टिमका कप्तान पारस खड्काले ब्याटिंग गरे पनि त्यसपछि फिल्डिंग गर्न भने पुरा खेलमा आउन सकेनन्। नेपालले खेलमा ४ विकेटको हार बेहोर्न पुग्यो।

पारस मैदानमा अनुपस्थित हुँदा नेपालको कप्तानी उप-कप्तान ज्ञानेन्द्र मल्लले सम्हालेका थिए। पारसले पुरा खेल मैदान बाहिरबाट हेरे। नेपालले आफ्नो दोश्रो तथा महत्वपूर्ण खेल भोलिनै मलेसियासंग खेल्ने हुँदा कप्तान पारस खेल्न सक्ने या नसक्ने अझै निश्चित हुन सकेको छैन।

के भएको हो पारसलाई , खेल्न सक्लान् भोलि ? 

नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराए अनुसार पारसको ढाडको नसा च्यापिएको हो। ब्याटिंग गर्ने क्रममानै पिंडा भए पनि उनले ब्याटिंग निरन्तरता दिएका थिए।

“पारसको ढाडको नसा च्यापिएको हो। त्यसको गम्भीर अवस्था हैन” शिवाकोटीले बताए।

सामान्य अवस्थामा पारस रहे पनि उनि शत प्रतिशत फिट भएर भोलि मलेसियासंगको खेल खेल्नेछन् या छैनन् बारे भने निश्चित छैन।

“पारस खेल्ने नखेल्ने बारे भोलिनै थाहा हुन्छ। उनमा राम्रो सुधार आइरहेको छ” शिवाकोटीले बताए।

कतारसंग ब्याटिंगमा पारसले २८ रन बनाएका थिए जुन क्रममा १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि ज्ञानेन्द्र मल्लसंग ४९ रनको साझेदारी पनि गरे जुन नेपालको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक साझेदारी हो।

Paras Khadka , Gyanendra Malla ( File Photo ) 

कतारसंगको खेल पछि पारसले मिडियासंग पनि कुराकानी गरेका थिए। त्यसक्रममा उनले बसेरै प्रश्नहरुको जवाफ दिएका थिए।

खेल पछि कुराकानीको क्रममा पारसले नेपालको ब्याटिंगको कारणले खेल हार्नु परेको प्रतिक्रिया दिएका थिए। ६ जना बलर खेलाउने निर्णयको बचाउ गर्दै उनले मैदान र टिम अनुसार टिमले उत्कृस्ट अन्तिम-११ चुनिएको बताए।  नेपालका प्रशिक्षक उमेश पटवालले पारस नखेल्दा दोश्रो इनिंगमा नेपालको खेलमा धेरै फरक परेको बताएका थिए।

नेपालको ब्याटिंगमा पारस खड्का एक मात्र लगातार रन बनाउने ब्याट्सम्यान हुन्। मलेसियासंग खेल जित्ने पर्ने अवस्थामा पारस खेल्नु निकै महत्वपूर्ण रहेको छ। राम्रो लयमा रहेका पारसले गत हफ्ता मलेसियासंग टि-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ८६ रन बनाएका थिए। पारसनै टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान समेत हुन्। उनले १८ खेलमा कुल ४२७ रन बनाएका छन्।

पहिलो खेलमा पराजित भए पछि नेपाललाई अब बाँकी ३ खेलमा जित आवस्यकता रहेको छ। मलेसियासंग पराजित भएको खण्डमा नेपालको विश्वकप यात्रा समाप्त हुने सम्भावना प्रवल रहन्छ।  मलेसियासंग भोलिको खेल बारे पढ्नुस 

पहिलो खेलमा हार पछि नेपाली टिमको सर्वत्र आलोचना भएको छ। सामाजिक संजालमा फ्यानहरुले टिमबारे बिभिन्न प्रतिक्रियाहरु दिएका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]