पारसको धुँवादार ब्याटिंग, १९ बलमै अर्धशतक

अमेरिकामा हिजोबाट सुरु भएको ‘युएस ओपन’ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पारस खड्काले विस्फोटक ब्याटिंग गर्दै १९ बलमै अर्धशतक प्रहार गरेका छन् l

१ लाख डलर पुरस्कार राशीको प्रतियोगितामा सीएटल गलाडीएटर्स बिरुद्ध २२ यार्ड क्रिकेट क्लबको लागि खेलेका पारसले चौथो नम्बरमा ब्याटिंग गर्दै ६४ रनको धुँवादार पारि खेले l

पारसले २४६.१५ को स्ट्राइक रेटमा रन बनाउन २६ बलको इनिंगमा  ७ छक्का र ३ चौका प्रहार गरेका थिए l

dsc_0017
पारस खड्का ( फाइल फोटो )

आफ्नो टिमको लागि सर्बाधिक रन बनाएका पारसको इनिंग मदतले २२ यार्डले पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा २९७/६ को बिशाल स्कोर खडा गर्यो l टिमको लागि साई रमेशले ४६ तथा शन फिंडलेले ४५ रनको योगदान दिए l दोश्रो इनिंगमा सीएटल गलाडीएटर्सले २० ओभरमा ९०/९ मात्रै बनाउन सकेपछि पारसको टिम ले २०७ रनको भारी अन्तरको जित दर्ता गर्यो l पारसले बलिंग भने गरेनन् l

यो पनि पढ्नुस : अज्मलको एकै ओभरमा पारसको ४ छक्का ! ( भिडियो सहित )

क्रिकेट काउन्सिल अमेरिकाले आयोजना गरेको अमेरिकाका बिभिन्न क्लबहरुले सहभागिता जनाउने प्रतियोगिताका बिभिन्न टिममा अन्तर्राष्ट्रिय क्रिकेटर छन् l दक्षिण अफ्रिकी क्रिकेटर हर्शल गिब्स र रस्टि थेरोन, वेस्ट इन्डिज खेलाडी सामुयल बद्रि र शन फिंडले, पाकिस्तानी सईद अज्मल जस्ता खेलाडीहरु प्रतियोगिता खेलीरहेका छन् l

कुल १४ टिमले सहभागिता जनाएको प्रतियोगिताको समुह २ मा रहेको २२ यार्डको ग्रुपमा सीएटल गलाडीएटर्स र क्यालीफोर्निया बियर्स छन् l पारसको टिम २२ यार्डमा दक्षिण अफ्रिकी रास्ट्रिय क्रिकेटर रस्टि थेरोन र वेस्ट इन्डिज खेलाडी शन फिंडले पनि खेलीरहेका छन् l

नोभेम्बर २७ सम्म चल्ने प्रतियोगितामा  पारसको टिम २२ यार्डले समूह चरण अन्तर्गत दोश्रो खेल क्यालीफोर्निया बियार्स संग २६ तारिकमा खेल्नेछ l

पारस टु-एक्स क्रिकेट युएसमा कप खेल्न गत महिना अमेरिका पुगेका थिए l गत हफ्ता पारस खड्काको कप्तानीमा नेपाली राइनोजले उक्त प्रतियोगिता जितेको थियो जसमा पारसले उत्कृस्ट ब्याटिंग गरेका थिए l

स्कोरकार्ड

paras





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]