पारस खड्काको आक्रामक शतक : तेश्रो दिन सातौ राष्ट्रीय खेलकूद

Paras Khadka Century

पारस खड्काले ४१ बलमै शतक प्रहार गरेपछि शशस्त्र प्रहरी बल ( एपिएफ ) ले सातौ राष्ट्रीय खेलकूद अन्तर्गत लगातार दोश्रो खेल जित्नेक्रममा सुदूरपश्चिमाञ्चललाई १४४ रनको ठुलो अंतरले पराजित गरेको छ l ( स्कोरकार्ड ) , अंकतालिका

बिराटनगर बैजनाथपुर मैदानमा संपन्न तेश्रो दिनको दोश्रो खेलमा टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट नोक्सानीमा २०० रनको योगफल खडा गर्यो l

ओपनिंग ब्याटिङ गरेका सुबास खकुरेलले अविजित ६४ तथा पारसले अविजित १०५ रन बनाए l ४३ बल खेलेका पारसले ८ छक्का र ९ चौका प्रहार गरे भने सुबासले ५१ बलमाँ ६ चौका प्रहार गरे l अर्का ओपनर आसिफ शेख ( २ ) , संदीप सुनार ( ४ ) ज्ञानेंद्र मल्ल ( ८ ) र प्रदीप ऐरीले ( ४ ) भने सस्तैमा विकेट गुमाए l

प्रतिउत्तरमा ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले २० ओभरमा ५६/६ मात्रै बनाऊन सक्यो र ठुलो अंतरको हार सुम्पियो l बसंत रेग्मीले सर्बाधिक ३ विकेट आफ्नो नाम गरे l पहिलो इनिंगमा दिनेश आग्रिले ३ विकेट हात पारेका थिए l

Paras Khadka
फोटो – रमन शिवकोटि

आजै संपन्न पहिलो खेलमा पश्चिमाञ्चल बिकास क्षेत्रले मध्यमाञ्चललाई ६ रनको झीनो अंतरले पराजित गर्यो l ( स्कोरकार्ड )

टस जितेर ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित २० ओभरमा १२७/६ को योगफल तयार गर्यो l उसका लागि दीपेश खत्रीले ओपनिंग ब्याटिङ गर्दै ५३ रन तथा शंकर रानाले ४८ रन बनाए l खत्रीले ४७ बल सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरे l

मध्यमाञ्चलका बलर रशीद खानले उत्कृष्ट बलिंग गर्दै ५ विकेट आफ्नो नाम गरे l उनले ४ ओभरमा मात्र १५ रन खर्चिए l

१२८ रनको लक्ष पछ्याएको मध्यमाञ्चलले २० ओभर ब्याटिङ गर्दै १२१/७ रन मात्रै बनाउन सक्यो l जितेंद्र ठकुरीले सर्बाधिक ४४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले ठुलो स्कोर गर्न सकेनन l ठकुरीले २९ बलमा २ छक्का र २ चौका प्रहार गरे पनि जितको लागि पर्याप्त हुनसकेन l

पश्चिमाञ्चल बॉलर दीपेश खत्री र लाल बहादुर अधिकारीले २/२ विकेट हात पारे l

सम्बंधित :

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]