पर्सा र बारा विजयी

पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताको शनिवार सम्पन्न दुई खेलमा पर्सा र बारा विजयी भएका छन्।

पर्साले रौतहटलाई ५ विकेटले पराजित गर्यो जुन क्रममा  रौतहटले दिएको १७५ रनको लक्ष्य पर्साले २६.४ ओभरमा भेटायो। पर्साको जितमा ब्याटिंगतर्फ इमरान शेखले ७१ रन, अल्फाज मन्सुरीले २४ तथा अनुज चौहानले २३ रन बनाए भने बलिंगतर्फ संसाद अन्सारीले ५ तथा सैफुलाह अन्सारीले ४ विकेट लिए। रौतहटको लागि रंबिर यादवले ४०, राजेश यदवले ३९ रन योगदान दिए।

दोश्रो खेलमा बाराले सर्लाहीलाई ५ विकेटले पराजित गर्यो जुन क्रममा सर्लाहीले दिएको १२८ रनको लक्ष्य १४.१ ओभरमा भेटायो। जितमा बाराको ब्याटिंगतर्फ रभी शाहले अविजित ६० तथा अरनिको यादवले ४१ रन बनाए भने बलिंगतर्फ कुमार थापाले ३ र अरनिको यादवले २ विकेट लिए। सर्लाहीको लागि अलि हसनले २५ तथा बलिंगमा विशाल पटेलले ४ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

लिग चरणको खेल सकिंदा समुह ‘ए’ मा सिराहा तिन वटै खेलमा जित सहित ६ अंक बटुली शिर्षमा रह्यो। धनुषा, महोत्तरी र सप्तरीले समान १ जित र २ हार बेहोरे। समुह ‘बि’ मा बारा, पर्सा र रौतहटको समान ४ अंक रह्यो जुन क्रममा ३ खेलमा २ जित र १ हार बेहोरे। सर्लाहीले तिन वटै खेलमा हार बेहोर्यो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]