आईपीएल कमेन्ट्रि छोडेर लन्डन फर्किए केभिन पिटरसन, जान्नुस कारण

युएईमा जारि इन्डियन प्रिमियर लिग २०२० को कमेन्ट्रि प्यानलका हिस्सा रहेका पुर्व इंग्ल्यान्ड कप्तान केभिन पिटरसन कमेन्ट्रि छोडेर घर लण्डन फर्केका छन्। पिटरसनले यो निर्णय आफ्नो बच्चाहरुसंग समय बिताउनको लागि लिएका हुन्। कमेन्ट्रि गर्नु अघि आईपीएलमा बिभिन्न ४ टिमको लागि खेलेका पिटरसन लन्डन पुगी सकेका छन्।

पिटरसनको श्रीमती गायिका जेसिका टेलर हुन् र उनीहरुको २ वटा बच्चाहरु छन्। पिटरसनले ट्वीट गर्दै लेखेका छन् – “मैले आईपीएल छाडेको छु। मेरो बच्चाको स्कुल छुट्टि भएको छ त्यसैले म उनीहरुको साथमा घरमा रहन चाहन्छु। यो वर्ष अनौठो रह्यो, त्यसैले अब उनीहरुको छुट्टि हुँदा सबै दिन उनीहरुसंग बिताउन चाहन्छु।”

पिटरसनले बिहिबार किंग्स-११ पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोर बीचको खेलमा कमेन्ट्रि गरेका थिए। लिगको सबैभन्दा चर्चित कमेन्टेटरलाई फ्यानहरुले पक्कै बाँकी सिजन याद गर्नेछन्।

मोर्गन कोलकाताको नयाँ कप्तान, अचानक किन छाडे दिनेश कार्तिकले कप्तानी

IPL : डी भिल्लीयर्सलाई नम्बर ६ मा किन पठाइयो ? कोहलीले के भने

बैंगलोर बिरुद्ध शानदार प्रदर्शन पछि गेलको प्रतिक्रिया – “युनिभर्स बोस ब्याटिंग गर्दैछ, कसरि नर्भस हुनसक्छु”





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]