प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्।

लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा लुम्बिनीले मधेश प्रदेशमाथि ८३ रनको जित हात पारेको हो।

लुम्बिनीले दिएको १५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो।

मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे। हरिशंकर साह १४ रनमा आउट भए। मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

लुम्बिनीका लागि रमेश कुर्मीले ४, विप्रेशन केसीले ३ तथा देव खनाल र अजय चौहानले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १५८ रनमा समेटिएको थियो।

लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ७३ रन जोडेका थिए। कृष्ण कार्कीले ३३ रन जोडेका थिए।

कप्तान देव खनाल १६ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

मधेशका लागि कमल गुप्ता र विशाल पटेलले समान ३ तथा हरिशंकर साह, प्रदिप पासवान र रञ्जित कुमारले समान १ विकेट लिए।

अर्को खेलमा आर्मीले एपीएफलाई तीन विकेटले पराजित गरेको छ। एपीएफले दिएको १४२ रनको लक्ष्य पछएको आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

योसँगै जारी प्रतियोगितामा आर्मीले लगातार पाँचौँ जित हासिल गरेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy