प्रधानमन्त्री कप : तीन खेलाडीले मोटरसाइकल पाउने

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने भएका छन्

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार उक्त जानकारी दिएको हो। क्यानका अनुसार उत्कृष्ट खेलाडी, सर्वाधिक रनकर्ता र सर्वाधिक विकेटकर्ताले एक/एक थान मोटरसाइकल पाउने भएका हुन्।

प्रधानमन्त्री कप आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु हुँदैछ। पहिलो दिन नै तीन खेल हुनेछ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा कोशीले लुम्बिनी प्रदेशलाई चुनौती पेस गर्नेछ।

भैरहवाकै एक्स्ट्राटेक ओवल क्रिकेट मैदानमा एपिएफले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। दाङको देउखुरी क्रिकेट मैदानमा हुने अर्को खेलमा भने कर्णाली र सुदूरपश्चिम भिड्नेछन्।

गत संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]