प्रधानमन्त्री कप : तीन खेलाडीले मोटरसाइकल पाउने

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने भएका छन्

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार उक्त जानकारी दिएको हो। क्यानका अनुसार उत्कृष्ट खेलाडी, सर्वाधिक रनकर्ता र सर्वाधिक विकेटकर्ताले एक/एक थान मोटरसाइकल पाउने भएका हुन्।

प्रधानमन्त्री कप आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरु हुँदैछ। पहिलो दिन नै तीन खेल हुनेछ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा कोशीले लुम्बिनी प्रदेशलाई चुनौती पेस गर्नेछ।

भैरहवाकै एक्स्ट्राटेक ओवल क्रिकेट मैदानमा एपिएफले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। दाङको देउखुरी क्रिकेट मैदानमा हुने अर्को खेलमा भने कर्णाली र सुदूरपश्चिम भिड्नेछन्।

गत संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy