प्रधानमन्त्री कप : पहिलाे दिन तीनखेल हुँदै

काठमाडाैं। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ।

फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुँदै छ। यस खेलमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन्।

पीएम कपका खेलहरू सिद्धार्थ रंगशाला, भैरहवा, देउखुरी क्रिकेट स्टेडियम, दाङ र एक्स्ट्राटेक ओभल, तिलोत्तमामा हुने बताइएको छ।

आज पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् भने एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब खेल्दै छन्। त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम टिम खेल्दै छन्।

नेपाल पुलिस क्लब पीएम कपको डिफेन्डिङ च्याम्पियन हो भने पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्। अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २-२ पटक यो उपाधि जितेका छन्।

आज हुने खेल :

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy