पीएम कप : कर्णाली, लुम्बिनी र एपीएफको विजयी सुरुआत

काठमाडौं । लुम्बिनी प्रदेशमा आइतबारबाट सुरु भएको पीएम कप पुरुष क्रिकेट प्रतियोगितामा कर्णली प्रदेश, लुम्बिनी प्रदेशर विभागीय टोली एपीएफ क्लबले विजयी सुरुआत गरेका छन्।

दाङको लमहीमा भएको खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ७९ रनको जित निकालेको हा।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४०.४ ओभरमा १५५ रनमा अलआउट भएको थियो। उसका लागि अर्जुन घर्तीले जोडेको ७१ रन महत्वपूर्ण सावित भयो। बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए।

१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमै अलआउट भयो। सुदूरपश्चिमका लागि खडक बोहाराले सर्वाधिक २७ रन बनाए। बलिङमा कर्णालीका दीपेन्द्र रावतले सात विकेट लिए। प्लेयर अफ दि म्याच रावतले ९ ओभरमा ३ मेडन राख्दा ३३ रन दिए।

यस्तै, भैरहवामा भएको खेलमा घरेलु टोली लुम्बिनीले कोशी प्रदेशलाई २६ रनले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भयो। लुम्बिनीका लागि आकाश त्रिपाठीले ६६ रन र ओपनर मृनाल गुरुङले ४४ रन बनाए। नर सार्कीले ३२ बलमा ४५ रनको योगदान दिए।

२०९ रनको लक्ष्य पछ्याएको कोशी ४२.२ ओभरमा १८२ रनमा अलआउट भयो। कोशीका लागि सुजन थपलियाले ३५ रन र ओपनर चिराग साहले ३१ रन बनाए।

बलिङमा लुम्बिनीका अजय चौहानले ५ विकेट लिए भने रमेश कुर्मीले लिएको ३ विकेट जितको आधार बन्यो।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ।

एपीएफले बागमतीलाई १०० रनले हराएको हो। एपीएफले दिएको १७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रनमा अलआउट भयो। बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक १६ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन्।

एपीएफका लागि कमलसिंह ऐरीले ४ विकेट लिए। रोहित पौडेल र अमरसिंह राउटेलाले २–२ तथा अविनाश बोहराले १ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ४४ ओभरमा १७४ रनमा अलआउट भएको थियो। एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ रन बनाए। अमरसिंह राउटेला २६ रनमा अविजित रहे। दिपक बोहराले २५ रन बनाए।

बागमतीका लागि रिजन ढकालले ५ विकेट लिए। नन्दन यादवले ३ तथा सुर्य तामाङले २ विकेट लिए।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]