अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार सम्पन्न खेलमा पुलिसले कर्णालीलाई ४४ रनले हरायो। योसँगै पुलिस लगातार दोस्रो वर्ष फाइनलमा पुगेको हो। अघिल्लो संस्करण पुलिसले नै उपाधि जितेको थियो।

यसपल्ट पनि अपराजित रहँदै पुलिस फाइनलमा पुगेको हो। पुलिसले ९ खेलबाट १८ अंक जोड्यो। कर्णालीले समान खेलबाट आठ अंक बटुल्दै सातौं स्थानमा रहेर प्रतियोगिता सक्कायो।

पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो। तर, १४८ रनको लक्ष्य पछ्याएको कर्णालीले २४ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन मात्रै बनाउन सक्यो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy