प्रधानमन्त्री कप : पुलिस छाड्दै अनिल मधेश प्रदेशबाट खेल्ने, आलम टिमको मेन्टर

कार्तिक १३ गते देखि काठमाडौँमा आयोजना हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि मधेश प्रदेशले टिमको घोषणा गरेको छ।

यस अघि विभागीय टोलि नेपाल पुलिस क्लब बाट खेल्दै आएका राष्ट्रिय क्रिकेटर अनिल शाह मधेश प्रदेश बाट खेल्ने भएका छन्। विकेटकिपर ब्याट्सम्यान शाहले टिमको उपकप्तानको जिम्मेवारी पाएका छन्। उनले प्रादेशिक छनोट बाराबाट खेल्दै उत्कृस्ट प्रदर्शन गरेका थिए। 

अफस्पिन अलराउण्डर हरि शंकर शाहले कप्तानीको जिम्मेवारी पाएका छन्। गत वर्ष टिमको कप्तानी गरेका हसिम अन्सारी टिममा अटाएका छैनन्।

घोषित टिममा राष्ट्रिय क्रिकेटर बिबेक यादव र आदील आलम हुनुले टिमलाई अझ बलियो बनाएको छ। यस्तै टिमममा सन्तोष कार्की, बिशाल सुश्लिंग, रोहन बिक, डब्लु मलिक, इमरान शेख, बिशाल पटेल, रुपेश सिंह, राजेश यादव, प्रदिप पासवान जस्ता खेलाडी छन्। बैकल्पिक खेलाडीमा राकेश कामत, रतन रौनक, अभिषेक तिवारी, अजय यादव र संसाद अन्सारी छन्।

घोषित टिम : हरिशंकर शाह ( कप्तान ) , अनिल शाह ( उपकप्तान, विकेटकिपर ) , बिबेक यादव, आदील आलम, सन्तोष कार्की, रतन रौनक, बिशाल सुश्लिंग, रोहम बिक, डब्लु मलिक, इमरान शेख, बिशाल पटेल, रुपेश सिंह, राजेश यादव, प्रदिप पासवान

प्रदेशले टिमको मेन्टरको रुपमा कीर्तिमानी पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई समाबेश गरेको छ। आलमले गत वर्ष मधेश प्रदेशको लागि अन्तिम पटक प्रतिनिधित्व गरेका थिए। टिमको प्रशिक्षकमा सुनिल शाह र व्यवस्थापकमा अन्सारी अलि छन्।

गत वर्ष मधेश प्रदेशले ४ खेलमा १ खेलमा हार र ३ खेलमा पराजय बेहोर्दै पहिलो चरणबाट बाहिर भएको थियो। यो पटक टिमले कम्तिमा सेमीफाइनल पुग्ने लक्ष्य लिएको छ।

प्रतियोगितामा मधेश प्रदेश समुह ‘बि’ मा छ जुन समुहमा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश-१ छन्। समुह ‘ए’ मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन्।

मधेश प्रदेशले १७ कार्तिकमा प्रदेश-१ बिरुद्ध पहिलो खेल खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy