काठमाडौँको मुलपानी मैदानमा जारि बागमती प्रदेश प्रधानमन्त्री कप महिला छनोट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा ललितपुर र चितवन विजयी भएका छन्।
दिनको पहिलो खेलमा ललितपुरले काठमाडौंलाई ७ विकेटले पराजित गर्यो। काठमाडौँले दिएको १३७ रनको लक्ष्य ललितपुरले ३ विकेट गुमाएर भेटायो।
ललितपुरको जितमा ब्याटिंगतर्फ सोनी पाख्रिनले अविजित ४७ तथा यशु पाण्डेले अविजित ३७ रन तथा बलिंगतर्फ रिंगझीन तामांगले २ विकेट हात पारिन्। काठमाडौँको लागि कन्चन श्रेष्ठले ५९ रन बनाईन् भने अश्मिना कर्माचार्यले २ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।
दोश्रो खेलमा भक्तपुरले दिएको ७३ रनको लक्ष्य चितवनले १ विकेट गुमाएर भेटायो। चितवनको जितमा ब्याटिंग तर्फ सलिना सिलवालले अविजित ३४ रन तथा बलिंगतर्फ हेलिशा गुरुङ, सुष्मा खड्का र अनिशा मजाकोटीले २/२ विकेट हात पारिन्। भक्तपुरको लागि अनुषा रोकाले अविजित २७ रन योगदान दिईन्।
सम्बन्धित :
