PMCUP : खेलाडीमा कोरोना देखिएपछि प्रदेश-१ र पुलिसको खेल स्थगित

खेलाडीमा कोरोना संक्रमण भएपछि काठमाडौँमा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको शनिवारको नेपाल पुलिस क्लब र प्रदेश नम्बर-१ बीचको विहान ९ बजे सुरु हुने पहिलो खेल स्थगित गरिएको छ।

क्यान श्रोतका अनुसार प्रदेश-१ को खेलाडीलाई कोरोना संक्रमण भएपछि आजको खेल स्थगित गर्ने निर्णय लिईएको हो। आज सम्पूर्ण खेलाडीहरुको कोभिड-१९ टेस्ट हुनेछ जसपछि खेलबारे नयाँ निर्णय लिईनेछ।

खेलाडीहरु सकुसल भएको खण्डमा आजको खेल रिजर्भ डेमा खेलाइने क्यानले जानकारी गराएको छ। सेमीफाइनल सुरु हुनु अघि सोमबार एक दिन रिजर्भ डे रहेको छ जसमा उक्त खेल हुन सक्नेछ। प्रदेश-१ ले हालसम्म दुई वटा खेल खेलेको छ भने बागमती र सुदूरपश्चिम प्रादेशसंग खेल्न बाँकी छ।

आजको बागमती प्रदेश र गण्डकी प्रदेश बीच हुने दोश्रो खेल भने दिउँसो १ बजे सुरु हुनेछ। यस खेलमा बागमती विजयी भए समुह ‘बि’ बाट उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ। समुह ‘बि’ को विजेताको रुपमा सबै ४ खेल जित्दै एपीएफ सेमीफाइनल पुगीसकेको छ। समुह ‘ए’ बाट नेपाल पुलिस क्लब सेमीफाइनल पुगीसकेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]