प्रधानमन्त्री कपमा पहिले ब्याटिंग गर्ने सबै टिम पराजित, पुलिसको पनि उस्तै हाल

  • विकेटनेपाल, १४ जेठ

काठमाडौँमा जारि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको समुह ‘बि’ को सम्पूर्ण खेलहरु सकिदा नतिजा आएको सबै खेलमा पहिले ब्याटिंग गर्ने टोलिले हारको सामना गर्नुपर्यो l ( हालसम्मको खेलको स्कोरकार्ड )

समुहको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिंग गरेको पुलिसलाई आर्मीले ७ विकेटले पराजित गरेको हो l यो भन्दा अघि समुहको पहिलो खेलमा मंगलबार आर्मीले पूर्वान्चललाई, दोश्रो खेलमा बुधबार पुलिसले सुदुरपश्चिमाञ्चललाई, तेश्रो खेलमा बिहिबार पुलिसले पूर्वान्चललाई र पाचौ खेलमा शनिबार आर्मीले सुदुरपश्चिमाञ्चललाई पराजित गर्दा हारेको टिम सबैले पहिले ब्याटिंग गरेको थियो l

वर्षाले प्रभावित पूर्वान्चल र सुदुरपश्चिमाञ्चल बाहेक अन्य सबै खेलमा दोश्रो ब्याटिंग गर्ने टिम खेलमा पूर्णतया हाबी भएको थियो l  उक्त खेलमा टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको सूदुरपश्चिमाञ्चलले १५३ रन मात्रै बनाउन सकेको थियो जुन लक्ष पछ्याउने क्रममा पुर्वान्चलले ४ विकेट २२ रनमै गुमाएको थियो जसपछि खेल रोकिएको थियो l

त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा हुने खेलहरुमा टस महत्वपूर्ण हुने गर्छ जुन प्रधानमन्त्री कपमा पनि देखिएको छ l अझ विभागीय टिमसंग भएको खेलमा सुदुरपश्चिमाञ्चल र पूर्वान्चलले टस हारेर पहिले ब्याटिंग गर्नु ठुलो अन्तरको हारको प्रमुख कारण पनि बन्न पुग्यो l समुहको अन्तिम खेलमा विभागीय पुलिस क्लबले पनि टस हारेर ब्याटिंग गर्नुपर्दा पुर्वान्चल र सुदुरपश्चिमाञ्चलकै परिस्थिति दोहोर्यायो l यसभन्दा अघि सबै खेलमा टस जितेको आर्मी र पुलिस क्लबले पहिले ब्याटिंग गर्नुपरेको थिएन l

Sushan bhari
सुशन भारि

आज सम्पन्न खेलमा टस हारेको नेपाल पुलिस क्लबले पनि टस हारेपछि पहिलो इनिंगमा फितलो ब्याटिंग गर्यो l सिनियर नेपाली टिमका सुनिल धमला, दिलिप नाथ, दिपेन्द्र ऐरी, आरिफ शेख, मन्जित श्रेष्ठ जस्ता ब्याट्सम्यानहरु रहेको पुलिस टिमले ५० ओभरको इनिंगमा २५.५ ओभर मात्रै क्रिजमा जम्न सक्यो l दिलिप नाथले मात्र जमेर ब्याटिंग गर्न सक्दा अन्य ब्याट्सम्यानहरुले विकेटमा टिक्ने साहस गर्न सकेनन् l दिलिप नाथ एक्लैले ५० रनको स्कोर गर्दा आर्मीले अतिरिक्तको रुपमा दिएको २२ रन र दिपेन्द्र ऐरीले बनाएको २२ रन पुलिसको कुल स्कोरमा दोश्रो सर्बाधिक योगदान हुनु, पहिले ब्याटिंग गर्दा पुलिसको दयनीय अवस्था दर्शाउन पर्याप्त थियो l

दिलिपले ७१ बलमा ५ चौका मदतले ७१ मिनेट क्रिजमा जम्दै बनाएको ५० रन मदतले पुलिसले पहिले इनिंगमा मात्र १०९ रन बनाउन सक्यो l

आर्मी बलर सुशन भारि एक्लैले पुलिसका ६ जना ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाए l देब्रेहाते स्पिनर भारिले ७.५ ओभरमा मात्र १६ रन खर्चे जुन क्रममा पुलिसको तल्लो मध्येक्रम र पुछारको ब्याटिंग लाइन अप ध्वस्त बनाएका थिए l सोमपाल कामि र सागर पुनले पनि समान २/२ महत्वपूर्ण विकेट लिए l

पहिलो ओभरमा २ विकेट लिंदै पुलिसको विकेट पतन सुरुवात गरेका सोमपाल कामिले सुनिल धमला ( ० )  र अमित श्रेष्ठ ( ० ) लाई त्यसक्रममा आउट गरे l आरिफ शेख ( ४ ) , योगेन्द्र सिंग कार्की ( ० ) , कुशल भुर्तेल ( ० ) , मन्जित श्रेष्ठ ( ६ ) रनमै पेभेलियन फर्किएका थिए l

११० रनको लक्ष आर्मीले ३१ औ ओभरमा ३ विकेट नोक्सानीमा भेटायो l

नरेश बुढायरले अविजित ४१ तथा कप्तान बिनोद भण्डारीले अविजित ४६ रन बनाउदै आर्मीको जित सहज बनाए l नरेशले ७४ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने बिनोदले ५० बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए l

आर्मीले पहिलो ३ विकेट ३७ रनको स्कोरमै गुमाएको थियो जसपछि बिनोद र नरेशले ७६ रनको साझेदारी गर्दै आर्मीलाई सुरक्षित गन्तव्य प्रदान गरे l अनिल मण्डल ( १ ) , सागर पुन ( ११ ) तथा महेश क्षेत्री ( ११ ) रनमा आउट हुँदा आर्मी समस्यामा देखिएको थियो l

देब्रे हाते ओपनिंग पेस बलर ललित सिंह भण्डारीले २ विकेट तथा सुशील कंडेलले १ विकेट लिंदै पुलिसको आशा जगाए पनि त्यसपछि विकेट लिन पुलिस बलरहरु असफल रहे l

प्रधानमन्त्री कपको समुह ‘बि’ को सम्पूर्ण खेलहरु सकिंदा आर्मी ३ वटै खेलमा विजय हात पार्दै समुह बिजेताको रुपमा सेमीफाइनल प्रवेश गर्यो भने २ जित र १ हार सहित पुलिस समुह उपविजेताको रुपमा सेमीफाइनलमा प्रवेश गर्यो l एक अर्का बिरुद्धको खेल वर्षाले बराबरी भएपछि सुदुरपश्चिमाञ्चल र पूर्वान्चल जित दर्ता नगरी घर फर्किन बाध्य भयो l

प्रतियोगिताको समुह ‘ए’ अन्तर्गतको खेलहरु भोलि सोमबारबाट सुरु हुनेछ l पहिलो खेलमा भोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) र पश्चिमाञ्चल बीच खेल हुनेछ l

जेठ ९ गते बाट सुरु भएको प्रतियोगिता रास्ट्रिय खेलकुद परिषदले आयोजना गरेको हो l प्रतियोगिताको बिजेताले हालसम्मकै सर्बाधिक रु. २० लाख तथा उपविजेता टिमले रु. १० लाख प्राप्त गर्नेछ l





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]