महिला प्रम कप : एपीएफद्वारा कर्णाली विशाल अन्तरले पराजित

महिला प्रधानमन्त्री कप राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत पहिलो दिनको दोश्रो खेलले डिफेन्डिङ च्याम्पियन एपीएफले कर्णाली प्रदेशलाई २०४ रनको विशाल अन्तरले पराजित गरेको छ। समुह ‘ए’ अन्तर्गतनै सम्पन्न दिनको पहिलो खेलमा लुम्बिनी प्रदेशले प्रदेश-२ बिरुद्ध सहज जित दर्ता गरेको थियो।

२०४ रनको हार प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा सबैभन्दा ठूलो अन्तरको हार हो। स्कोरकार्ड 

दाङको लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीले १४.१ ओभरमा ३१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

कर्णालीको कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान लक्ष्मी रिमालले सर्वाधिक ६ तथा दिक्ष्या पुरीले अविजित ५ रन योगदान दिईन्। ५ जना ब्याट्सउमनहरु खाता नखोली आउट भए।

एपीएफको बलिंगमा अफ स्पिनर करुणा भण्डारी एक्लैले ५ विकेट हात पारिन् जुन क्रममा उनले ३.१ ओभर बलिंग गर्दै २ मेडन ओभर सहित मात्र २ रन खर्चिन्। राजमती ऐरीले २ ( २-०-६-२ ) तथा सोनु खड्का ( २-१-३-१ ) र रेखा रवाल ( २-०-३-१ ) ले समान १/१ विकेट आफ्नो नाम गरे।

Player of the match Sita Rana Magar of APF

 

एपीएफको कीर्तिमानी योगफल 

लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको एपीएफले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो।

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेटमा यो सबैभन्दा ठूलो योगफल हो। प्रधानमन्त्री कपको अघिल्लो संस्करणमा कर्णाली प्रदेश बिरुद्ध प्रदेश-३ ले १५६ रन बनाएको थियो।

एपीएफको लागि कप्तान सिता राना मगरले सर्वाधिक ६८ रन बनाईन्। सिताले ५९ बलमा ८ चौका प्रहार गरिन्। यस्तै सरिता मगरले ३४ बलमा ६ चौका मद्दतले ४४ रन बनाईन्। ज्योति पाण्डेले ३२, इन्दु बर्माले २२ रन बनाईन्।

कर्णालीले अतिरिक्तको रुपमा ६७ रन खर्चियो जसमा ४१ वाइड, १८ नो बल, ७ बाइ र १ लेग बाइ सामेल थियो।

उत्कृस्ट सुरुवात गर्ने क्रममा ओपनर ज्योति पाण्डे र सिता मगरले ९७ रनको ओपनिंग साझेदारी गरे। नवौं ओभरमा ज्योतिलाई निशा पराजुलीले क्याच आउट गराए। ज्योतिको विकेटपछि सिताले सरिता मगरसंग ९९ रनको साझेदारी गरे। १८ औं ओभरमा सितालाई अन्जु गुरुङले बोल्ड गरे। सरिता मगर र इन्दु बर्मा बीच तेश्रो विकेटको लागि ३४ रनको साझेदारी गरे।

कर्णालीको बलिंगमा दिक्षा पुरीले २ ( ४-०-४२-२ ) विकेट तथा निशा पराजुली ( ४-०-३४-१ ) , अन्जु गुरुङ ( ४-०-५१-१ ) ले समान १ विकेट हात पारे।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]