पिएम: कप प्रदेशस्तरिय छनाेट खेलमा सप्तरी र धनुषा सेमिफाईनलमा

चन्दनकुमार यादब, राजबिराज १६ पुष

राजबिराजमा संचालित प्रधानमंन्त्री कप: राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनाेट प्रतियाेगितामा सप्तरी र धनुषा सेमिफाईनलमा प्रवेश गरेका छन्।

शुक्रवार सम्पन्न खेलमा सप्तरी ले राैतहट लाई २५ रनले जितेकाे छ भने धनुषाले महाेतरीलाई ६४ रनले जित हात पार्दै सेमिफाईनलमा प्रवेश गरेकाे हाे।

राजरंगशाला खेलमा सप्तरी र राैतहट बिच भएकाे खेलमा सप्तरीले टस जितेर ४२ अाेभरमा सबै बिकेट गुमाएर १ सय ९३ रन काे याेगफल खडा गरेको थियो। जसमा राेहन बिकले उत्कृष्ट ब्याटिंग गर्दै १ सय ६ बल खेल्दै १२ चाैका र ३ छक्का काे मदत ले ८८ रन जाेडेका थिए भने अमित यादबले १३ बाहेक अरू कुनै खेलाडी दाेहाेराे अंक पार गर्न सकेन। यता बलिंगतर्फ रा‌ैतहट का नितेश यादब ४ राज पटेल ३ तथा डब्ली मलिक, राजेश यादब र नरेश साह १/१ बिकेट लिएका थिए।

जवाफमा राैतहटले ३९ ओभर ४ बलमा सबै बिकेट गुमाई १ सय ४८ रनमै सिमित भएपछि सप्तरी ले २५ रनले जित सहज भएकाे हाे। जसमा राजेश यादब ४८ रन बनाउदै अविजित रहे भने राज पटेल ले ४७ रन बनाए पनि जित काे लागि प्रयाप्त भएन। यता बलिंग तर्फ सप्तरी का राेहित सिँह ले ४ बिकेट अजय यादब ३ तथा अनिल यादब, बिकास दास ले १/१ बिकेट लिए पछि जित का लागि सहज भयाे।

खेलकाे म्यान अफ दि म्याच राेहन बिक घाेषित भए।

यसैगरी मबिव क्याम्पस खेल मैदानमा धनुषा र महाेतरी बिच भएकाे खेलमा टस जितेर धनुषाले ४२ अाेभर मा सबै बिकेट गुमाई १ सय ९३ रन काे याेगफल खडा गरेको थियो। जसमा विशाल सुशलिंग ४२ रन, हरीशंकर साह ४१ रन राैनक रत्नम २९ रन, र मनाेज यादब ले २१ रन बनाएका थिए। बलिंग तर्फ महाेतरीका जेम्स मण्डल ४ बिकेट रबि सिँह २ र बिनाेद सहनी र राहुल प्रताप सिँह ले १/१ बिकेट हात पारेका थिए।

जवाफमा महाेतरीले ३३ अाेभरमा सबै बिकेट गुमाई १ सय २९ रन मात्र बनाउन सके। जसमा धनुषाका विशाल सुशलिंग ले उत्कृष्ट बलिंग गरी ५ बिकेट लिएपछि महाेतरी सस्ताेमा अाउट गरेपछि धनुषालाई जित सहज भएकाे छ। यसैगरी धनुषाका दिब्यान्सु मलिक २ बिकेट हरिशंकर साह र अाकाश रायले १/१ विकेट लिएका थिए।

खेलकाे म्यान अफ दि म्याच धनुषाका विशाल सुशलिंग घाेषित भए।

साे छनाेट प्रतियाेगिता अन्तर्गत समूह ( ए) मा रहेका सप्तरी, धनुषा, राैतहट र महाेतरी बिच भएकाे लिग चरणकाे खेल वाट धनुषा र सप्तरी सेमिफाईनलमा प्रवेष गरिसकेकाे सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी दिए।

भाेली देखि समूह (बी) मा बारा, पर्सा, सिरहा र सर्लाही बिच हुने खेल अन्तर्गत राजबिराज राजरंगशाला खेल मैदानमा सिरहा र सर्लाही तथा मबिव क्याम्पस खेल मैदानमा पर्सा र बारा बिच हुने बताईएकाे छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy