पीएनजीसंग दोश्रो खेल आज, खेल समय र प्रत्यक्ष कहाँ हेर्ने ( सम्पूर्ण जानकारी )

Nepal Cricket Team

नेपालको ओमान भ्रमण अन्तर्गत ओमान र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि सुरु हुने त्रिकोणात्मक सिरिज अघि नेपालले पपुवा न्यु गिनीसंग अभ्यास स्वरूप दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। सिरिजको पहलो खेलमा मंगलबार २ विकेटले विजयी भएको नेपालले आज शुक्रबार दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल इतिहासमै पहिलो पटक डे-नाइट क्रिकेट खेल्न लागेको हो। खेलबारे सम्पूर्ण जानकारी एकै ठाउँमा प्रस्तुत गरेका छौँ।

खेल – नेपाल Vs पपुवा न्यु गिनी – दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय
कहिले – सेप्टेम्बर १० , शुक्रबार , नेपाली समय ४:१५ बजे बेलुका
कहाँ – अल अमिरात क्रिकेट मैदान ( टर्फ १ ) , अल अमिरात

प्रत्यक्ष कहाँ हेर्ने – खेलको प्रत्यक्ष प्रशारण नेपालमा एक्सन स्पोर्ट्स टेलिभिजनले गर्नेछ भने डीश होमको dishhome go यापबाट पनि हेर्न सकिनेछ। यस्तै Willow TV तथा Fancode यापबाट समेत खेलको प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ। युट्युब/फेसबुक र अन्य साइटहरुमा बिभिन्न अनाधिकारिक श्रोतहरुले खेलको प्रत्यक्ष प्रशारण गरिरहेका छन्। खेलको स्कोर अपडेट विकेटनेपाल फेसबुकवेबसाइटमा हुनेछ।

नेपालको आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियता : १६ औं , पपुवा न्यु गिनी : २० औं

नेपाल-पपुवा न्यु गिनी हेड टु हेड नतिजा – नेपाल ४ – १ पपुवा न्यु गिनी

पछिल्लो भेट : नेपाल २ विकेटले विजयी ( स्कोरकार्ड हेर्नुस

नेपालको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियको नतिजा –३ जित र २ हार
पीएनजीको पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रियको नतिजा – ५ हार र ० जित

नेपाली टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ), दिपेन्द्र सिंह ऐरी ( उपकप्तान ) , कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा

पपुवा न्यु गिनी टिम : असद भाला ( कप्तान ) , किप्लिन डोरिगा, चार्ल्स अमिनी, सिसि बाउ, जेसन किला, नोर्मन भनुवा, सिमि अटाई ( विकेटकिपर ) , टोनी उरा, हिरी हिरी, नोसैना पोकना, डामियन राभु, लेगा सीएका, चाड सोपर, गौडी टोका, कबुवा मोरेया

इन्जुरी अपडेट : नेपालका उपकप्तान दिपेन्द्र ऐरी र गुल्सन झाले खुट्टाको चोटको कारण पहिलो खेल खेल्न सकेका थिएनन्। दोश्रो खेल पनि दिपेन्द्र खेल्ने सम्भावना छ जसको तुलनामा गुल्सनको सुधार राम्रो रहेको छ। गुल्सन खेल्ने नखेल्ने आज उनको अवस्थाबाट टिमको फिजियोले निर्णय लिनेछन्।

नेपाली टिम समाचार : अघिल्लो खेलमा अन्तिम-११ मा मौका नपाएका करन केसी, अविनाश बोहरा, सुशन भारि र बिनोद भण्डारीले आज मौका पाउन सक्ने छन्।

 खेल अघि कप्तान ज्ञानेन्द्र मल्लले के भने : दोश्रो खेलमा टिममा परिवर्तन हुनेछ। डे-नाइट खेल टिमको लागि नयाँ अनुभव हुनेछ र परिस्थिति फरक हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]