पीएनजीमाथि वेस्ट इन्डिजको जित

काठमाडौं । वेस्ट इन्डिजले पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गर्दै नवौं सस्करणको टी-२० विश्वकपको सुरुआत गरेको छ ।

सहआयोजक रहेको वेस्ट इन्डिजले गुयनामा भएको खेलमा पीएनजीमाथि ५ विकेटको जित हात पारेको छ ।

पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ औं ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

वेस्ट इन्डिजको जितमा रोस्टन चेसले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक अविजित ४२ रन बनाए । ओपनर ब्रान्डन किंगले २९ बलमा ७ चौकाको सहयोगमा ३४ रन बनाए । निकोलस पुरनले २७ बलमा २७ तथा आन्द्रे रसलले ९ बलमा अविजित १५ रन बनाए ।

पपुवा न्यु गिनीका लागि कप्तान असद भालाले दुई तथा अलि नो र जान कारिकोले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

पीएजीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । किप्लिगं डोरिगाले १८ बलमा ३ चौकाको सहयोगमा २७ तथा कप्तान असद भालाले २२ बलमा २१ रन बनाएका थिए ।

चार्ल्स अमिनीले १२ तथा चाड सोपारले १० रन बनाएका थिए । पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले समान दुई दुई तथा गुणकेश मोटी, रोमारियो शेर्फड र अकिल हुसैनले समान एक एक विकेट लिए ।

जितसँगै वेस्ट इन्डिज समूह सी को शीर्ष स्थानमा छ । नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह सी मा पीएनजी र वेस्ट इन्डिजका अलावा न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह ए मा क्यानडा, अमेरिकाका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

तथा समूह बी मा अस्ट्रेलिया,इंग्ल्यान्ड,स्कटल्यान्ड,नामिबिया र ओमान  तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । यसका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

विश्वकपमा नेपालको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ मा रहेको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]