नेपाललाई स्तब्ध पार्दै पपुवा न्यु गिनीले जित्यो एकदिवसीय शृंखला

दोस्रो एकदिवसीयमा घरेलु टोलि नेपाललाई ३ विकेटले स्तब्ध पार्दै भ्रमण टोलि पपुवा न्यु गिनीले  २ खेलको एकदिवसीय सिरिज जितेको छ । यसअघि शुक्रबार सम्पन्न पहिलो एकदिवसीयमा पपुवा न्यु गिनी ६ रनले विजयी भएको थियो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा २७९ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको पपुवा न्यु गिनीले ८ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेटायो । पपुवा न्यु गिनीको जितमा ओपनर लेगा सियकाले सर्वाधिक ९० रन बनाए । यस्तै रिले हेकुरेले अविजित ४८ तथा सेसे बाउले ३८ रनको योगदान दिए ।

फास्ट बलर सोमपाल कामीले ओपनर टोनी उरालाई ९ तथा कप्तान असाद भालालाई गोल्डेन डक आउट पार्दै नेपाललाई सानदार सुरुवात दिलाए । त्यसपछि अर्का ओपनर लेगा सियकाले तेस्रो विकेटको लागि चार्ल्स आमिनीसँग ६९ रनको साझेदारी गर्दै पपुवा न्यु गिनिको इनिंग्स सम्हाले । आमिनीलाई कप्तान सन्दिप लामिछानेले एल्बी डब्ल्यु धरापमा पार्दै साझेदारी तोडे । उक्त विकेटसँगै उनि एकदिवसीयमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । यस्तै सन्दिप एकदिवसीय फर्म्याटमा चाडो ५० विकेट लिने दोस्रो खेलाडी समेत बनेका छन् । उनले २१ खेलमा ५० विकेट लिएका हुन् भने १९ खेलमा ५० विकेट लिँदै एकदिवसीय फर्म्याटमा चाडो ५० विकेट लिने कीर्तिमान श्रीलंकाका स्पिनर अजन्था मेन्डिस रहेका छन् ।

सियकाले पुनः सेसे बाउसँग चौथौं विकेटको लागि ११० रनको साझेदारी गर्दै पपुवा न्यु गिनीको इनिंग्स उकासे । १०२ बलमा १२ चौका र १ छक्काको मद्धतमा ९० रन बनाएका सियकालाई पवन सर्राफले ३३औं ओभरमा बोल्ड आउट पारे । दोस्रो विकेट लिने क्रममा पवनले बाउलाई एल्बी डब्ल्यु धरापमा पार्दै नेपाललाई खेलमा फर्काए ।

एक समय २५४ रनको योगफलमा ७ विकेट गुमाएको पपुवा न्यु गिनिलाई अन्तिममा रिले हेकुरे र चाड सोपरले अविजित २९ रनको साझेदारी गर्दै जितसम्म डोर्याए । हेकुरेले ४५ बलमा ३ चौका र २ छक्काको मद्धतमा अविजित ४८ रन बनाए भने सोपरले १२ बलमा १६ रन बनाए ।

नेपालको बलिंगतर्फ सोमपाल कामी ( ९-१-३८-३) ले सर्वाधिक ३ तथा अफ स्पिनर पवन सर्राफ ( ८.४-१-४५-२ ) ले २ विकेट लिए । यस्तै कप्तान सन्दिप लामिछाने र आरिफ शेखले समान १ विकेट हात पारे ।

Dipendra Airee Century

यसअघि खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाउँदै पपुवा न्यु गिनीलाई सिरिज जितका लागि २७९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालको सुरुवात अत्यन्तै खराब रह्यो । ओपनरद्वय कुशल भुर्तेल रोयल डक तथा अनिल शाह १ रनमा आउट भए । त्यसपछि देव खनाल र दिपेन्द्र सिंह एरीले तेस्रो विकेटको लागि १२९ रनको शतकीय साझेदारी गर्दै नेपालको इनिंग्स उकासे । ८६ बलमा ४ चौका र ३ छक्काको मद्धतमा ७२ रन बनाएका देवलाई चार्ल्स अमिनीले एल्बी डब्ल्यु धरापमा पारे । दिपेन्द्रसँग ५८ रनको साझेदारी गरेर रोहित पौडेल आउट भएपछि दिपेन्द्रले भिम शार्कीसँग ५५ रनको साझेदारी गर्दै नेपालको इनिंग्स अघि बढाए । रोहित पौडेल ३६ बलमा ३५ रन बनाएर चाड सोपरबाट बोल्ड भए ।

१४० बलमा ७ चौकाको मद्धतमा १०५ रन बनाएका दिपेन्द्र भानुवाको बलिंगमा सोपरबाट समातिए । यससँगै नेपालको लागि एकदिवसीय फर्म्याटमा शतक बनाउँने उनि तेस्रो खेलाडी बनेका छन् । यसअघि पुर्व कप्तान पारस खड्काले सन् २०१९ मा युएईविरुद्ध एकदिवसीयमा १०९ बलमा ११५ रन तथा रोहित पौडेलले शुक्रबार सम्पन्न पपुवा न्यु गिनीविरुद्ध पहिलो खेलमा १०७ बलमा ७ चौका र ४ छक्काको मद्धतमा १२६ रन बनाएका थिए ।

दिपेन्द्रको विकेटपछि नेपालको ब्याटिंग क्रम धराशायी बन्न पुग्यो । फलस्वरूप नेपालले थप ४ रन जोड्दा ४ विकेटनै गुमायो । अन्तिममा सोम्पाल कामि र कप्तान सन्दिप लामिछानेले २७ रनको साझेदारी गर्दै नेपालको योगफल २७० पार गराए । अन्तिम ओभरमा सन्दिपले २ चौका प्रहार गर्दै कुल १६ रन जोडेका थिए ।

पपुवा न्यु गिनीको बलिंगतर्फ एलाई नाओले ९ ओभरमा १ मेडनसहित ४८ रन खर्चिएर सर्वाधिक १ विकेट लिए । यस्तै, नोर्मान भानुवाले २ तथा चाड सोपर र चार्ल्स अमिनीले समान १ विकेट लिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]