Nepal T20 : छैठौं खेलमा पोखराको पहिलो जित, कुशल उत्कृस्ट

नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। शुक्रबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा पोखराले फार वेस्टर्न युनाइटेडलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको पाँचौँ खेलमा पहिलो जित निकाल्यो। स्कोरकार्ड 

फार वेस्टर्नको भने यो चौथो हार हो। हारपछि फार वेस्टर्न अङ्क तालिकाको पुछारमा झरेको छ। पोखरा भने पाँचौँ स्थानमा उक्लिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको फार वेस्टर्नले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो। उसका लागि उमर अलीले ४२ रन बनाउँदा रासिद खानले ३२ रन तथा ओपनर देव खनालले ३३ रन जोडेका थिए।

त्यस्तै, हासिम अन्सारी र भिम सार्कीले समान १७/१७ रन बनाएका थिए। करण केसीले १२ रन बनाउँदा विनोद भण्डारीले ११ रन बनाएका थिए।

पोखराका लागि जाहिर खानले ३ विकेट लिँदा अमिर हम्जा र तुल थापाले २/२ विकेट लिएका थिए।

१ सय ८८ रनको लक्ष्य पछ्याएको पोखराले उक्त लक्ष्य ५ बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गरेको थियो। पोखराका लागि आसिफ शेखले ४५ रन बनाउँदा सुमित महर्जनले ३८ रन बनाएका थिए। सुमित र आसिफले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए।

त्यस्तै, कुशल मल्लले ४० रन बनाउँदा सिद्धान्त लोहनीले २३ रन बनाएका थिए। त्यस्तै, अमिर हम्जाले १२ रन बनाएका थिए।

फारवेस्टर्नका लागि करण केसी, उमार अलि र प्रकाश जैशीले समान २-२ विकेट लिए पनि टिमको हार टार्न सकेनन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]