प्रम कप : पुलिसको उत्कृस्ट पुनरागमन, सुदूरपश्चिम सहजै पराजित

पहिलो खेलमा बागमती प्रदेशसंग स्तब्ध बनेको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले दोश्रो खेलमा उत्कृस्ट पुनरागमन गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १११ रनको लक्ष्य पुलिसले मात्र १ विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो।

स्कोरकार्ड , अंकतालिका

पुलिसका ओपनर सुनिल धमला र कुशल भुर्तेलले ९७ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे। धमलाले ५७ बलम ६ चौका र २ छक्का मद्दतले ५३ रन बनाए भने भुर्तेलले ४४ बलमा ९ चौका र १ छक्का मद्दतले ५१ रन बनाए। सुदूरपश्चिमको लागि १ मात्र विकेट हेमन्त धामीले लिए।

यस अघि  टस जितेर पुलिसले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको सुदूरपश्चिमले ३३.१ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्र बनाउन सकेको थियो।

सुदूरपश्चिमको लागि खडक बोहराले सर्वाधिक ४० रन, संजु दमाईले ३५ रन, अरुण ऐरीले १३ तथा अर्जुन साउदले १० रन योगदान दिए।

सागर ढकालले ४ विकेट लिए

कप्तान सन्तोष भट्ट पहिलो ओभरमा रन आउट हुन् पुगेपछि ओपनर खडक बोहरा र तेश्रो नम्बरका संजु दमाईले दोश्रो विकेटको लागि ८० रनको साझेदारी गरेका थिए। १७ औ ओभरमा खडकलाई सागर ढकालले एलबिडब्लु आउट गरेपछि भने सुदूरपश्चिमले लगातार विकेट गुमाएको थियो। सागरले त्यसपछि २१ औं ओभरमा संजुलाई क्याच आउट गराए भने २७ औं ओभरमा अरुण ऐरी र किरण ठगुन्नालाई लगातार बलमा आउट गरे। त्यसपछि दिपेन्द्र ऐरीले सुदूरपश्चिमका तल्लो क्रमका ब्याट्सम्यानहरुलाई क्रिजमा जम्न दिएनन्।

८० रनमा १ विकेट गुमाएको अवस्थाबाट सुदूरपश्चिमले थप ३० रन जोड्दा बाँकी ९ विकेट गुमाउन पुग्यो।

पुलिसको बलिंगमा देब्रे हाते स्पिनर सागर ढकाल र अफ स्पिनर दिपेन्द्र ऐरीले समान ४ विकेट लिए। सागरले १० ओभरमा ३ ओभर मेडन गर्दै १८ रन खर्चिए भने दिपेन्द्रले ६.१ ओभरमा २ मेडन ओभर गर्दै १० रन खर्चिए। २ विकेट पुलिसले रन आउटको रुपमा प्राप्त गर्यो।

स्कोरकार्ड , अंकतालिका





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]