१९ फोटोहरुमा हेर्नुहोस् पोखरा प्रिमियर लिगको पुरस्कार बितरण : पिपिएल टि-२०

  • विकेटनेपाल २० कार्तिक, मंगलवार (पोखरा)      

पोखरामा सम्पन्न पोखरा प्रिमियर लिगको उपाधि घरेलु टोलि पोखरा पल्टन पार्यो। जितसंगै पोखराले २७ लाख रुपैयाँ र ट्रफ प्राप्त गर्यो भने उपविजेता बनेको चितवनले १० लाख रुपैयाँमा चित्त बुजाउनु पर्यो।

पोखरा रंगशालाको क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा पोखराले चितवनलाई ३ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले खेल सकिन ४ बल बाँकी रहंदा ७ विकेट गुमाएर पुरा गर्यो।

पोखरालाई जित दिलाउन रबि इन्दर सिंहले सानदार ब्याटिंग गर्दै ९० रनको इनिंग खेले। तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएका रबिले ५८ बलमा १३ चौका र ३ छक्का सहित ९० रन जोडे। चितवनको बलिङ्गमा भूबन कार्कीले २ विकेट लिए।

यसअघि पहिलो इनिंगको समाप्तिमा चितवन राइनोजले ५ विकेट गुमाएर १६० रन जोडेको थियो। उसको इनिंगमा पारस खड्काले सर्वाधिक ५१ रन जोडेका थिए।

१९ फोटोहरुमा हेर्नुहोस् पोखरा प्रिमियर लिगको पुरस्कार वितरण :

 

 





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]