खेल्ने हैन पोखरा प्रिमियर लिग ? सुरु भयो खेलाडी दर्ता

Pokhara Premier League
  • विकेटनेपाल, असोज २ – बुधबार 

यहि कार्तिक ९ गतेबाट पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) को खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ। खेलाडी दर्ताका लागि अयोजक क्विन्स इभेन्टसले ७ दिनको समय सिमा तोकेको छ।

बुधवार जारि भएको प्रेस बिज्ञप्तिमा बताइए अनुसार पहिलो संस्करणको पोखरा प्रिमियर लिग खेल्न इच्छुक खेलाडीले लिगको अधिकारिक वेबसाइट www.ppl-t20.com बाट आफ्नो नाम दर्ता गराउन सक्नेछन्। खेलाडीका लागि दर्ता शुल्क एक हजार रुपैयाँ राखिएको छ र सो रकम इसेवाबाट बुझाउन सकिने समेत आयोजकले बताएको छ।

प्रतियोगिताको नियम अनुसार सहभागी प्रत्येक टोलीले आफ्नो स्क्वाडमा १५-१८ खेलाडीलाई समावेश गराउनु पर्नेछ। जस्मध्ये न्यूनतम १० खेलाडीको छनौट अक्सन मार्फत हुनेछ भने हरेक टोलीमा १ मार्की खेलाडी, २ बिदेशी खेलाडी र २ स्थानीय खेलाडीलाई ” लोकल आइकन ” का रुपमा टोलीमा लिनु पर्नेछ।

Pokhara Premier League
Pokhara Premier League

प्रतियोगितामा नाम दर्ता गराउने खेलाडीहरुलाई ३ समुहमा विभाजन गरिने छ। पहिलो समुहमा क्याप्ड सिनियर, दोस्रो समुहमा क्याप्ड एज लेभेल र तेस्रो समुहमा अनक्याप्ड खेलाडी रहने व्यवस्था मिलाइएको छ।

क्याप्ड सिनियरको सुचीमा नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई राखिने छ। यस समुह अन्तर्गत पर्ने प्रत्येक खेलाडीको न्युनतम मुल्य ५० हजार रुपैयाँ रहनेछ भने अधिकतम मूल्य २ लाख ५० हजारसम्म रहने छ।

यस्तै क्याप्ड एज लेभलको सुचिमा नेपाली टोलीबाट यु-१५, यु-१७, यु-१९, यु-२१ र यु-२३ खेलेका खेलाडीहरु रहने छन्। यस समुहमा रहने खेलाडीको न्युनतम मूल्य ५० हजारबाट सुरु भएर अधिकतम मुल्य १ लाख ५० हजारसम्म पुग्नेछ।

अनक्याप्ड समुहमा भने नेपाली सिनियर राष्ट्रिय टोलि र उमेर समुहको टोलीबाट नखेलेका अन्य खेलाडीलाई समावेश गरिएको छ। यस सुचिमा रहने खेलाडीको मूल्यभने न्युनतम ३० हजारबाट अधिकतम १ लाख रुपैयाँसम्म रहनेछ।

यदि कुनै खेलाडीले आफ्नो न्युनतम मूल्य बढाएर नाम दर्ता गराउन चाहे त्यसको समेत व्यवस्था रहेको आयोजकले बताएको छ। सो प्रक्रियाका लागि प्रतियोगिताको आधिकारिक वेबसाइटमा छुट्टै बिकल्प रहेको छ।

यही कार्तिक ९ देखि २० गते सम्म पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग प्रतियोगिताको ब्रोडकाष्टिङ पार्टनरका रुपमा केहि दिन अघि मात्र हिमालय टिभी एचडीसंग सम्झौता भएको थियो। सो क्रममा बताइए अनुसार खेलाडी अक्सनको प्रशारण समेत टेलिभिजनले गर्नेछ। हालसम्म लिग खेल्ने टिमहरुको घोषणा भने भएको छैन।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]