ऐरीको अलराउण्ड प्रदर्शन

pradeep airee

विकेटनेपाल, २१ पुष
– चितवन

चौथो क्याची एसएसपी कप २०१७ को बुधबार भएको दुई खेलमा ग्रेस वीरेन्द्र ( भरतपुर )  र नेपाल पोलिटेक्निक कलेज ( भरतपुर ) विजयी भएका छन् ।

समुह चरणको पहिलो खेलमा ग्रेस वीरेन्द्रले काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्यो। नौ बिगाहा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयनले घटाइएको १५ ओभरमा ८ विकेट गुमाउदै ७८ रन बनाएको थियो । हिमालयनका लागि योगेश बोधले २६, अन्सरुल रेनले ११, केशव अधिकारीले ११ र उमेशचन्द ठकुरीले ११ रन जोडेका थिए । बलिङतर्फ संघर्ष पौडेलले ३ र प्रदिप ऐरीले २ विकेट लिएका थिए ।

७९ रनको विजय लक्ष्य ग्रेस वीरेन्द्रले ८ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो । वीरेन्द्रको जितमा प्रदिप ऐरीले अविजित ३७ बनाए । उनले २२ बलमा ३ छक्का र ३ चौका प्रहार गरेका हुन् । सोनु तामाङले १९ र मेहबुब अलामले १२ रन जोडे । अलराउन्ड प्रदर्शन गरेका प्रदिप ऐरी म्यान अफ द म्याच घोषित भएका छन् ।

बुधबारनै सम्पन्न अर्को खेलमा भरतपुरको नेपाल पोलिटेक्निक कलेजले धनगढीको सुदुर पश्चिम एकेडेमीलाई ९ रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पोलिटेक्निक कलेजले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १६ रनको योगफल बनायो ।

पोलिटेक्निकका लागि आकाश थापाले सर्वाधिक ५८ रन बनाए । ५४ बल खेलेका उनले १ छक्का र ७ चौका प्रहार गरेका थिए । त्यस्तै, सुनिल धमलाले १८ र शरद भेसवाकरले ८ रन जोडेका थिए । बलिङतर्फ धनगढीका सुरेन्द्र चन्दले ३ विकेट लिए ।अर्धशतकीय पारी खेलेका पोलिटेक्निकका आकाश थापा म्यान अफ द म्याच बनेका हुन् ।

क्याची एसएसपी कपमा बिहिबारको पहिलो खेल नारायणी क्रिकेट एकेडेमी ( हेटौंडा ) र बुटवल ११ बिच हुनेछ । त्यस्तै दोश्रो खेलमा सुदुर पश्चिम एकेडेमी, धनगढी र क्यापिटल कलेज अफ रिसर्च सेन्टर, काठमाडौंबीच दिउंसो १२ः३० बजे हुनेछ ।

 

( फिचर फोटो : फाइल )





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]