ऐरीको अलराउण्ड प्रदर्शन

विकेटनेपाल, २१ पुष
– चितवन

चौथो क्याची एसएसपी कप २०१७ को बुधबार भएको दुई खेलमा ग्रेस वीरेन्द्र ( भरतपुर )  र नेपाल पोलिटेक्निक कलेज ( भरतपुर ) विजयी भएका छन् ।

समुह चरणको पहिलो खेलमा ग्रेस वीरेन्द्रले काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्यो। नौ बिगाहा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयनले घटाइएको १५ ओभरमा ८ विकेट गुमाउदै ७८ रन बनाएको थियो । हिमालयनका लागि योगेश बोधले २६, अन्सरुल रेनले ११, केशव अधिकारीले ११ र उमेशचन्द ठकुरीले ११ रन जोडेका थिए । बलिङतर्फ संघर्ष पौडेलले ३ र प्रदिप ऐरीले २ विकेट लिएका थिए ।

७९ रनको विजय लक्ष्य ग्रेस वीरेन्द्रले ८ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो । वीरेन्द्रको जितमा प्रदिप ऐरीले अविजित ३७ बनाए । उनले २२ बलमा ३ छक्का र ३ चौका प्रहार गरेका हुन् । सोनु तामाङले १९ र मेहबुब अलामले १२ रन जोडे । अलराउन्ड प्रदर्शन गरेका प्रदिप ऐरी म्यान अफ द म्याच घोषित भएका छन् ।

बुधबारनै सम्पन्न अर्को खेलमा भरतपुरको नेपाल पोलिटेक्निक कलेजले धनगढीको सुदुर पश्चिम एकेडेमीलाई ९ रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पोलिटेक्निक कलेजले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय १६ रनको योगफल बनायो ।

पोलिटेक्निकका लागि आकाश थापाले सर्वाधिक ५८ रन बनाए । ५४ बल खेलेका उनले १ छक्का र ७ चौका प्रहार गरेका थिए । त्यस्तै, सुनिल धमलाले १८ र शरद भेसवाकरले ८ रन जोडेका थिए । बलिङतर्फ धनगढीका सुरेन्द्र चन्दले ३ विकेट लिए ।अर्धशतकीय पारी खेलेका पोलिटेक्निकका आकाश थापा म्यान अफ द म्याच बनेका हुन् ।

क्याची एसएसपी कपमा बिहिबारको पहिलो खेल नारायणी क्रिकेट एकेडेमी ( हेटौंडा ) र बुटवल ११ बिच हुनेछ । त्यस्तै दोश्रो खेलमा सुदुर पश्चिम एकेडेमी, धनगढी र क्यापिटल कलेज अफ रिसर्च सेन्टर, काठमाडौंबीच दिउंसो १२ः३० बजे हुनेछ ।

 

( फिचर फोटो : फाइल )

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy